सोमबार, असार २९, २०८३

लिभरपुललाई हराउँदै आर्सननले जित्यो कम्युनिटी शिल्डको उपाधि

काठमाडौं– प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हराउँदै आर्सनलले ९७ औं संस्करणको एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं– प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हराउँदै आर्सनलले ९७ औं संस्करणको एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ।

वेम्बले रंगशालामा शनिबार राति सम्पन्न खेलमा आर्सनलले लिभरपुललाई टाई ब्रेकरमा ५–४ गोलले पराजित गरेको हो।

खेलको १२ औं मिनेटमै एमिरिक अबुमयाङको गोलमा अग्रता बनाएको आर्सनल पहिलो हाफमा एक गोलले अघि रह्यो। बुकासो साकाले दिएको पासलाई अबुमयाङले गोल परिणत गरेपछि पहिलो हाफमा अन्य गोल हुन सकेन।

पहिलो हाफमा दबाब बनाउन नसकेको लिभरपुलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेललाई बराबरीमा ल्यायो। ५९ औं मिनेटमा मैदान पसेका टाकुमी मिनमिनोले ७३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

मिनमिनोले बराबरी गरेपछि निर्धारित समयको अन्तिम मिनेटसम्म पनि अन्य गोल बन्न नसकेको खेलमा टाइब्रेकरबाट नजिता निकालिएको थियो। तर इन्ज्युरी समयमा मैदान पसेका रहिन ब्रिस्टोले प्रहार गरेको बल पोस्टको बारमा लागेर बाहिर गएपछि लिभरपुल ५–४ ले पछि परेको थियो।

एफए कप जित्दै क्युनिटी शिल्डको फाइनलमा प्रवेश गरेको आर्सनलले जारी सिजनमा दोस्रो उपाधि जितेको छ। साथै आर्सनलले १६ औं कम्युनिटी शिल्डको उपाधि जितेको छ। आर्सनल भन्दा धेरै म्यान्चेस्टर युनाइटेडले २१ पटक सो उपाधि जितिसकेको छ।

त्यस्तै लिभरपुलले सो उपाधि १५ पटक जितेको छ। कम्युनिटी शिल्ड फाइनलमा प्रिमियर लिग विजेता र एफए कप विजेताले प्रतिपस्र्धा गर्न पाउँछन्।

प्रकाशित: Aug 30, 2020| 05:31 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।