सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • बाटिस्टालाई हराउँदै जोकोविक फाइनलमा, ओसाकाले अजरिन्कासँग भिड्ने

बाटिस्टालाई हराउँदै जोकोविक फाइनलमा, ओसाकाले अजरिन्कासँग भिड्ने

काठमाडौं– विश्व टेनिस बरियताका नम्बर वान खेलाडी नोभाक जोकोविक वेस्टर्न एण्ड साउदर्न ओपनको फाइनलमा प्रवेश गरेका छन्।
 |  शनिबार, भदौ १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०७७

काठमाडौं– विश्व टेनिस बरियताका नम्बर वान खेलाडी नोभाक जोकोविक वेस्टर्न एण्ड साउदर्न ओपनको फाइनलमा प्रवेश गरेका छन्। जोकोविकले अमेरिकाको न्युयोर्कमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा स्पेनका रोबर्टो बाटिस्टालाई हराएर फाइनल प्रवेश गरेका हुन्।

सर्बियन खेलाडी जोकोविकले आठौं वरियताका रोबर्टोविरुद्ध ४–६, ६–४ र ७–६ (७–०) को सेटमा जित निकालेका हुन्।

जोकोविकले उपाधिका लागि क्यानडाका मिलोस रावनिकसँग खेल्ने छन्। मिलोसले स्टेफानोस सिट्सिपासलाई ७–६ (७¬–५) र ६¬–३ ले पराजित गरेर फाइनल प्रवेश गरेका थिए।

यता, महिलातर्फको फाइनलमा जापानकी नाओमी ओसाका र बेलारुसकी भिक्टोरिया अजरिन्काबीच प्रतिस्पर्धा हुनेछ। अजरिन्काले बेलायती नम्बर एक टेनिस खेलाडी जोहान्ना कोन्टालाई ४–६, ६–४ र ६–१ को सेटमा पराजित गरिन्।

यस्तै ओसाकाले बेल्जियमकी एलिस मेर्टेन्सलाई ६–२ र ७–६ (७–५) को सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेकी थिइन् ।

प्रकाशित: Aug 29, 2020| 13:22 शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।