सोमबार, असार २९, २०८३

चेल्सीमा जोडिएपछि सिल्वाले भने- सी यू सुन चेल्सी फ्यान !

ब्राजिलियन डिफेन्डर थियागो सिल्वा इंग्लिस प्रिमियर क्लब चेल्सीमा अनुबन्ध भएका छन्। उनी फ्री ट्रान्फरमार्फत् एक वर्षका लागि चेल्सीमा आवद्ध भएका हुन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

लन्डन- ब्राजिलियन डिफेन्डर थियागो सिल्वा इंग्लिस प्रिमियर क्लब चेल्सीमा अनुबन्ध भएका छन्। उनी फ्री ट्रान्फरमार्फत् एक वर्षका लागि चेल्सीमा आवद्ध भएका हुन्।

३५ वर्षे ब्राजिलियन डिफेन्डरले एक वर्षका लागि वेस्ट लन्डन क्लबमा जोडिँदा अर्को १२ महिनाका लागि सम्झौता थप्न सकिने पनि भनिएको छ।

उनले फ्रान्सको सफल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा ८ सिजनका ३०० खेलमा सहभागिता जनाउँदै ७ लिग-१ उपाधि, पाँच फ्रेन्च कप जितेका छन्।

सिल्वाले पीएसजीबाट अन्तिम खेलमा च्याम्पियन्स लिग २०१९/२०२० को फाइनलमा सहभागिता जनाएका थिए।

उनले आफू चेल्सीमा अनुबन्ध भएकोमा खुसी व्यक्त गरेका छन्। ‘चेल्सी जान पाउँदा एकदमै खुसी छु। म प्रशिक्षक फ्रांक लाम्पार्डको प्रशिक्षणमा खेल्न उत्साहित छु,’ उनले भने, ‘सी यू सुन चेल्सी फ्यान ! म स्ट्यामफर्ड ब्रिजबाट खेल्न पर्खिरहेको छु।’

पीएसजीमा अनुबन्ध हुनुअघि सिल्वाले इटालियन क्लब एसी मिलानमा ४ सिजन बिताइसकेका छन्।

उनले राष्ट्रिय टिम ब्राजिलबाट पनि गत वर्ष कोपा अमेरिका जितेका थिए भने २०१३ मा कन्फेडेरेसन कप जितेका थिए।

प्रकाशित: Aug 28, 2020| 18:55 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।