सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएल : सामूहिक प्रशिक्षण सुरु, १ सेप्टेम्बरसम्म चेन्नई क्वारेन्टिनमै रहने

आईपीएल : सामूहिक प्रशिक्षण सुरु, १ सेप्टेम्बरसम्म चेन्नई क्वारेन्टिनमै रहने

इन्डियन प्रिमियर लिग(आईपीएल)का केही फ्रेन्चाइज क्लबले सामूहिक प्रशिक्षण सुरु गरेका छन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल)का केही फ्रेन्चाइज क्लबले सामूहिक प्रशिक्षण सुरु गरेका छन्। प्रतियोगिताका लागि युनाइटेड अरब इमिरेट्स(यूएई) पुगेका खेलाडीले तीन चरणको कोरोना टेस्टपछि अभ्यास सुरु गरेका हुन्।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले यूएई पुगेको पहिलो, तेस्रो र छैटौं दिन कोरोना परीक्षण गरी तीनै रिपोर्ट नगेटिभ आएमा सामूहिक प्रशिक्षण सुरु गर्न पाइने नियम बनाएको थियो।

अगस्ट २० मा यूएई प्रस्थान गरेको राजस्थान रोयल्सले खेलाडीको तीन टेस्ट नै नेगेटिभ पाएपछि हिजोबाट सामूहिक प्रशिक्षण सुरु गरेको छ।

राजस्थान रोयल्सले जानकारी दिँदै लेखेको छ, ‘खेलका सबै प्रतिक्षाका घडीहरु सकिँदै गइरहेका छन्। राजस्थान रोयल्सका खेलाडीले ६ दिनको क्वारेन्टिन पूरा गरेका छन्। र, आफ्नो कोठाबाट निस्किएका छन्।’

फ्रेन्चाइज क्लबले खेलाडी मैदानमा जाँदा, फर्कंदा र खेल्दा सामाजिक दूरी पालना गर्नुपर्ने बताएको छ। साथै मैदानमा जाँदा र फर्कँदा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने बताएको छ।

राजस्थान रोयल्सका साथै कोलकत्ता नाइट राइडर्स र किंग्स इलेवेन पञ्जावले पनि हिजोबाट सामूहिक प्रशिक्षण सुरु गरेका छन्। साथै आजबाट अन्य क्लबहरुले पनि प्रशिक्षणको अनुमति पाएका छन्। दिल्ली क्यापिटलले भोलि (शनिबार)बाट अभ्यास सुरु गर्ने भएको छ।

यता चेन्नई सुपर किंग्सले भने क्वारेन्टिन अवधि लम्ब्याएको छ। उसका खेलाडी सेप्टेम्बर १ सम्म क्वारेन्टिनमा बस्ने भएका छन्। तर, उसले किन क्वारेन्टिन लामो बनाएको भन्ने जानकारी सार्वजनिक गरेको छैन। क्लबले यूएई जानुअघि अगस्ट १५ देखि २० सम्म घरेलु मैदानमा अभ्यास गरेको थियो।

तर, अन्य सबै कुराको छिनोफानो भइसक्दा पनि बीसीसीआईले आईपीएलको खेल तालिका सार्वजनिक गर्न सकेको छैन।

प्रकाशित: Aug 28, 2020| 18:48 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।