सोमबार, असार २९, २०८३

चेन्नई सुपर किंग्सका खेलाडीसहित १० जनालाई कोरोना संक्रमण

इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेको फ्रेन्चाइज क्लब चेन्नई सुपर किंग्सका भारतीय खेलाडीसहित १० जनालाई कोरोना संक्रमण देखिएको छ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

यूएई– इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेको फ्रेन्चाइज क्लब चेन्नई सुपर किंग्सका भारतीय खेलाडीसहित १० जनालाई कोरोना संक्रमण देखिएको छ।

क्वारेन्टिनमा बसेका १० जनाको कोरोना टेस्ट पोजेटिभ आएको ईएसपीएन क्रिकइन्फोले जानकारी दिएको छ।

बिहीबार सम्पन्न अन्तिम टेस्टमा खेलाडी र खेल सहयोगी गरी १० जनाको टेस्ट पोजेटिभ आएको हो।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बनाएको कोरोना प्रोटोकल अनुसार पूरै स्क्वाडको पहिलो तेस्रो र पाँचौं दिन कोरोना टेस्ट गरिएको थियो। र खेलाडी क्वारेन्टिनमा थिए। पोजेटिभ आएका सबै जनाको तेस्रो टेस्टमा मात्र रिजल्ट पोजेटिभ आएको हो।

तर, कोरोना टेस्ट नेगेटिभ आएको खण्डमा आज (शुक्रबार)बाट अभ्यास अनुमति पाउने क्लबले अब सामूहिक अभ्यासका लागि थप समय कुनुपर्ने भएको छ। र उसले क्वारेन्टिनको अवधि पनि बढाएको छ।

प्रकाशित: Aug 28, 2020| 18:07 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।