बुधबार, चैत ११, २०८२

‘नेपालका १० मध्ये तीन बालबालिकामा मात्र सिकाइ पहुँच’

नेपालमा दुई तिहाइ बालबालिका दुर शिक्षाको अवसरबाट वञ्चित रहेका छन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– नेपालका दुई तिहाइ बालबालिका दुर शिक्षाको अवसरबाट वञ्चित रहेका छन्।

National life

युनिसेफको पछिल्लो अध्ययनअनुसार १० मध्ये तीन बालबालिकाको मात्रै टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाइका माध्यममा पहुँच छ।

युनिसेफले तीमध्ये ८० प्रतिशतले मात्रै दुर शिक्षाका माध्यमलाई सिकाइ कार्यहरूका लागि उपयोग गरिरहेको जनाएको छ।

कोभिड–१९ का कारण विश्वभर एक तिहाइ अर्थात् ४६ करोड ३० लाख बालबालिका दुर शिक्षाको पहुँचबाट वञ्चित रहेको युनिसेफले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ्।

युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले भनेकी छन्, ‘महिनौंसम्म यति धेरै बालबालिकाको पढाइ एवं सिकाइमा पूर्ण अवरोध हुनु भनेको विश्वव्यापी शैक्षिक आपतकाल हो। यसको असर आगामी केही दशकसम्मै अर्थतन्त्र तथा समाजमा महसुस हुनेछ।’

Laxmi sunrise bank
kumari

दुर शिक्षामा पहुँच योग्यता प्रतिवेदनमा एक सय विभिन्न देशमा पूर्वप्राथमिक, प्राथमिक, निम्नमाध्यमिक तथा माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकामाझ दुर शिक्षाका लागि आवश्यक प्रविधि तथा साधनको उपलब्धताबारे विश्लेषण गरिएको छ।

तथ्यांकमा टेलिभिजन, रेडियो र इन्टरनेटको पहुँच तथा विद्यालय बन्द भएको समयमा यी माध्यमबाट उपलब्ध गराइएका पाठ्यक्रमको उपलब्धता पनि समावेश छ।

प्रतिवेदनमा भनिएको छ, ‘घरको काम गर्नुपर्ने दबाब, सिक्नका लागि उपयुक्त वातावरणको अभाव र अनलाइनमा रहेको वा टेलिभिजन र रेडियोमा प्रसारित पाठ्यक्रमको प्रयोग गर्न मद्दत गर्ने व्यक्तिको अभाव आदि कारणले गर्दा बालबालिका सिकाई हासिल गर्न असमर्थ हुन सक्छन्।’

प्रतिवेदनले विभिन्न क्षेत्रहरूमा व्याप्त व्यापक असमानताको बारेमा प्रकाश पारेको छ।  

अत्यधिक गरिब परिवार तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने परिवारका बालबालिकाले विद्यालय बन्द हुँदा दुर शिक्षाको अवसरबाट बन्चित हुने सम्भावना अत्यधिक हुने कुरा प्रतिवेदनमा उल्लेख छ। प्रंतिवेदनमा भनिएको छ, ‘विश्वव्यापी रूपमा हेर्दा दुर शिक्षाबाट बन्चितमध्ये ७२ प्रतिशत बालबालिका आफ्नो देशमै अत्यधिक गरिबमा पर्ने परिवारका हुन्छन्।’

नेपालको हकमा, परिवार जति गरिब हुन्छ त्यति नै सो परिवारका बालबालिकाले दुर शिक्षामा पहुँच प्राप्त गर्ने वा त्यसको उपयोग गर्ने सम्भावना त्यति नै कम हुन्छ।

तथ्यांकअनुसार सबैभन्दा गरिब परिवारका बालबालिकामध्ये ५ प्रतिशतले मात्रै दुर शिक्षामा पहुँच प्राप्त गरी त्यसको सदुपयोग गर्दछन्।

प्रकाशित: Aug 28, 2020| 16:08 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्