सोमबार, असार २९, २०८३

छक्का हानेको बलले आफ्नै कारको सिसा फुटेपछि ...

आयरल्यान्डका अलराउन्डर केविन ओब्रायनले बिहीबार सम्पन्न एक प्रतियोगितामा विस्फोटक ब्याटिङ गर्दै सबैको मन जिते।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– आयरल्यान्डका अलराउन्डर केविन ओब्रायनले बिहीबार सम्पन्न एक प्रतियोगितामा विस्फोटक ब्याटिङ गर्दै सबैको मन जिते।

तर खेलको दौरान उनले एक यस्तो छक्का प्रहार गरे, जसले उनकै कारको सिसा तोडिदियो।

आइरिस अलराउन्डर ओब्रायन बिहीबार एउटा इन्टर प्रोभेन्सियल प्रतियोगिता खेलिरहेका थिए। उक्त खेलमा ओब्रायनले ३७ बलमै धमाकेदार ब्याटिङ गर्दै ८२ रनको पारी खेले।

इनिङभर ८ छक्का प्रहार गरेका उनले लामा छक्कासमेत प्रहार गरे। सोही समयमा उनको एक छक्का यति टाढा पुग्यो कि पार्किङमा राखिएको एउटा कारको पछाडिको सीसा चकनाचुर हुन पुग्यो।

इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी)ले ओब्रायनले छक्का प्रहार गर्दा उनकै कारको सिसा फुटेको बताएको छ।

‘केविन ओब्रायनले इन्टर प्रोभेन्सियल सिरिजको ए खेलमा ३७ बलमा ८२ रन ल्याए जहाँ उनले ८ छक्का प्रहार गरेका थए भने एक छक्काले उनको आफ्नै कारको सीसा तोड्यो,’ आईसीसीले ट्वीटरमा लेखेको छ।

प्रतियोगिता अवधिभर आफ्नै कारको सिसा टुटेको थाहा नपाएका ओब्रायन खेल सकिएपछि जब घर जान पार्किङमा पुगे, उनी अचम्मित परेको आइरिस मिडियाले बताएका छन्।

ओब्रायन आयरल्यान्डको टेस्ट क्रिकेटमा सतक प्रहार गर्ने पहिलो खेलाडीसमेत हुन्।

प्रकाशित: Aug 28, 2020| 14:35 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।