सोमबार, असार २९, २०८३

ट्रिपल एचको रेस्लिङमा अमूर्त संन्यास

वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट डब्लूडब्लूईका स्टार ट्रिपल एचले अमूर्त संन्यासको घोषणा गरेका छन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट डब्लूडब्लूईका स्टार ट्रिपल एचले अमूर्त संन्यासको घोषणा गरेका छन्। उनले यसपछि रिङमा फर्कने वा नफर्कने दुवै सम्भावनाका साथ संन्यास नलिए पनि लिएको जस्तो अवस्था रहेको बताएका हुन्।

डब्लूडब्लूईमा पर्दा पछाडि महत्वपूर्ण भूमिका निभाइरहेका ट्रिपल एचले एक अन्तर्वार्तामा भने, ‘मलाई यस्तो लाग्छ, अहिले यस्तो छ कि मैले संन्यास लिइसकेको छु। तर मैले वास्तवमै संन्यास भने लिइसकेको छैन। मतलब, मैले आधिकारिक रुपमा संन्यास लिन्छु भनेर घोषणा गरिसकेको छैन।’

उनले संन्यास लिनको लागि सही समय आएको लागेमा अब रिंगमा नफर्की पनि संन्यासको घोषणा गर्ने बताएका छन्। उनले भनेका छन्, ‘म त्यो उडानमा पनि छैन, जहाँबाट म संन्यास घोषणा गर्न तयार हुन सकुँ। तर उनले आफैं रिङमा उपस्थित हुने भन्दा पनि अरुले नै खेलेको देख्न मज्जा लाग्ने बताएका छन्।

‘मलाई एनएक्सटी (नेक्स्ट) का रेसलर्सलाई सहयोग गर्न मज्जा लाग्छ। हामी त्यो सबै चिज गर्छौं जसले उनीहरुलाई उचाइमा पुर्याउनेछ,’ ट्रिपल एचले भने।

अमेरिकी रेस्लर ट्रिपल एचले अमेरिकी सो एनएक्सटीमा धेरै योगदान दिएका छन्। उनी सुपरसटार सन माइकलसँग मिलेर काम गर्दा रमाइलो भएको पनि बताउँछन्। उनले उक्त सो मा सँगै काम गरेका छन्।

उनले अन्तिममा भने, ‘फेरि रिङमा प्रवेशको मौका पाइएन भने कुनै पश्चताप हुने छैन।’

१७ वर्ष विश्व रेस्लिङमा रमाएका ट्रिपल एच १४ पटक डब्लूडब्लूईको विश्व च्याम्पियन बनिसकेका छन्। उनी एनएक्सटीका कार्यकारी निर्मातासमेत हुन्।

सन् १९९२ मा प्रोफेसनल रेस्लिङ केरियर सुरु गरेका ट्रिपल एच १९९४ बाट विश्व च्याम्पिनसिपमा सहभागी थिए। उनी १९९५ मा विश्व रेस्लिङ फेडेरेसनमा आबद्ध भएका थिए।

त्यसपछि उनले सन् १९९९ मा पहिलोपटक विश्व रेस्लिङ च्याम्पियनसिप घोषणा गरेका थिए। तर पछिल्लो केही वर्षयता उनी खेलमा भन्दा पनि रेस्लिङको विकासमा लागि परेका छन्।

प्रकाशित: Aug 28, 2020| 12:20 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।