बुधबार, चैत ११, २०८२

शुक्रबारदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइनबाट परीक्षा लिँदै

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरको मध्यावधि (मिडटर्म) परीक्षा अनलाइन माध्यमबाट लिने भएको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

सुर्खेत– मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरको मध्यावधि (मिडटर्म) परीक्षा अनलाइन माध्यमबाट लिने भएको छ।

National life

विश्वविद्यालयले शुक्रबारदेखि दुवै तहअन्तर्गत विभिन्न सेमेष्टरमा अध्ययनरत परीक्षार्थीको मध्यवाधि परीक्षा सुरु गर्न लागेको हो।

कोभिड–१९ का कारण भर्चुअल कक्षा सञ्चालन भएको र सोहीअनुरुप अनलाइनबाट परीक्षा लिन थालिएको विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले जानकारी दिए।

‘हामीले मध्यपश्चिम विश्वविद्यालय डिजिटल, भर्चुअल तथा वैकल्पिक शिक्षण सञ्चालन नीति दिशानिर्देश २०२० तयार गरेका छौं,’ उनले भने, ‘कोभिडको सङ्कटमा अनलाइन प्रणालीले परीक्षार्थीलाई परीक्षा दिन सहज हुनेछ।’

परीक्षा शुक्रबार बिहान ८ः०० बजे शुरु हुनेछ। अनलाइन प्रणालीबाट परीक्षा गर्नेबारे गत साउन १९ गते निर्णय भएको थियो।

Laxmi sunrise bank
kumari

मध्यपश्मिाञ्चल विश्वविद्यालय मानविकी तथा समाजशास्त्र सङकाय केन्द्रीय क्याम्पसका प्रमुख तेजबिक्रम बस्नेतले कम्प्युटर नजान्नेहरूका लागि अफलाइन परीक्षाको समेत व्यवस्था गरिएको बताए।

अनलाइनको सुविधा नभएका विद्यार्थीले हातैले लेखेर फोटो खिचेर वा स्क्यान गरेर पठाउनुपर्ने बस्नेतको भनाइ छ।

लोकवार्ता विज्ञान विभागका प्रमुख खगेन्द्र अधिकारीले कोभिड–१९ ले धकेलिएको सेमेटष्टरको उपयोग भएको र शिक्षामा वैकल्पिक प्रणालीको विश्वसनियता बढेको बताए।

रासस

प्रकाशित: Aug 27, 2020| 17:40 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्