सोमबार, असार २९, २०८३

ज्यासन रोयले पाकिस्तानविरुद्धको टी–२० सिरिज गुमाउने

इंग्ल्यान्डका ब्याट्समेन ज्यासन रोयले पाकिस्तानसँग तीन शृंखलाको टी–२० क्रिकेट प्रतियोगिता गुमाउने भएका छन्।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

लन्डन– इंग्ल्यान्डका ब्याट्समेन ज्यासन रोयले पाकिस्तानसँग तीन शृंखलाको टी–२० क्रिकेट प्रतियोगिता गुमाउने भएका छन्।

उनी अभ्यासको दौरान चोटग्रस्त बनेपछि क्रिकेट प्रतियोगिता गुुमाउने भएका हुन्।

३० वर्षे टप अर्डर ब्याट्स्मेनलाई गत शुक्रबार बाट ओल्ड ट्राफोर्डमा सुरु भएको प्रशिक्षणको अभ्यासमा चोट लागेको थियो।

चोटपछि उपचार गराइरहेका उनको गत बुधबार स्क्यान गरिएको थियो। त्यसपछि पनि इंग्ल्यान्डको टिमसँगै क्याम्पमा बसिरहेका ज्यासनले रेस्ट लिनुपर्ने देखिको छ।

इंग्ल्यान्डले म्यानचेस्टरमा पाकिस्तानसँग तीन चरणको टी–२० खेल्दैछ। प्रतियोगिता अगस्ट २८(भोलि), ३० र सेप्टेम्बर १ मा हुँदैछ।

उसले यसअघि पाकिस्तानसँग तीन शृंखलाको टेस्ट क्रिकेटमा १–० को जित निकालेको थियो। यता दुई खेल भने मौसमले प्रभावित बनेको थियो।

पाकिस्तानसँगको सिरिजपछि इंग्ल्यान्डले अष्ट्रेलियासँग तीन शृंखलाको टी–२० र तीन शृंखलाको एक दिवसीय खेल्ने तय छ।

- बीबीसी

प्रकाशित: Aug 27, 2020| 17:04 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।