बुधबार, चैत ११, २०८२

जवान देखिन खानुस् यस्ता खानेकुरा

पावर अफ पोजिटिभिटी डटकमका अनुसार सन्तुलित आहाराले शारीरिक र मानसिक दुवै किसिमले स्वस्थ राख्नुको साथै जवान देखिन सघाउ पुर्‍याउँछ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

काठमाडौं– उमेर बढेसँगै बुढ्यौलीका रंग देखापर्नु स्वभाविक हो। तर खानपान र शारीरिक अभ्यासमा ध्यान दिंदा बुढ्यौलीको उमेरलाई केही पर भने धकेल्न सकिन्छ।

National life

पावर अफ पोजिटिभिटी डटकमका अनुसार सन्तुलित आहाराले शारीरिक र मानसिक दुवै किसिमले स्वस्थ राख्नुको साथै जवान देखिन सघाउ पुर्‍याउँछ।

स्वस्थ शरीर र मनका लागि ‘डिप फ्राई’ गरिएका खानेकुरा खानु हुँदैन। त्यसैगरी धेरै नुनिलो, गुलियो र प्याकिङ खानाले उमेरभन्दा छिटो बुढो बनाउँछन्।

त्यसैगरी केही खानेकुराले भने उमेरलाई छोप्ने क्षमता राख्छन्। जस्तैः

गेडागुडी : भिजाएर उम्रिएका गेडागुडी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छन्। गेडागुडीमा फाइबर र प्रोटिनको मात्रा प्रशस्त पाइन्छ। त्यसैले सिमी, बोडी, केराउ, भटमासलगायतको गेडागुडी सेवनमा जोड दिनुपर्छ। यसमा पनि कालो गेडागुडी स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ।

Laxmi sunrise bank
kumari

गाजर : गाजरमा ‘एन्टीअक्सिडेन्ट’ पाइन्छ। गाजरमा भिटामिन ‘ए’ पाइन्छ। गाजरमा क्यान्सर रोक्ने तत्वसमेत हुन्छ। यसमा पाइने ‘बेटाक्यारेटिन’ ले छाला सुन्दर र मुलायम राख्न मद्दत गर्छ।

सिट्रस फलफूल : कागती, सुन्तला, अंगुरजस्ता अमिला फलमा उमेरलाई कम देखाउने शक्ति हुन्छ। यस्ता फलमा प्रशस्त मात्रामा भिटामिन ‘सि’ पाइन्छ। यी फलमा मुटु रोगबाट बचाउने तत्वसमेत हुन्छ।

भुइँकटर र टमाटर : टमाटरमा प्रशस्त ‘एन्टीएक्सिडेन्ट’ पाइन्छ। यसमा हुने ‘लाइकोपिन’ तत्वले छालामा चमक ल्याउँछ। टमाटरले छाला चाउरी पर्नबाट पनि रोक्छ।

त्यसैगरी भुइँकटरमा हुने ‘ब्रोमोलेन’ ले छालामा भएका मृत कोषलाई हटाउन मद्दत गर्छ। ‘ब्रोमोलेन’ ले प्रोटिनलाई टुक्रा पार्ने र सोस्ने काम गर्छ। यसले मानिसलाई कम उमेरको देखाउन मद्दत गर्छ। हप्तामा तीन पटकसम्म भुइँकटर खानु फाइदाजनक हुन्छ।

बदाम : बदाम पनि स्वास्थ्यको लागि निकै फाइदाजनक छ। बदाममा फाइबर, प्रोटिन, क्याल्सियम र मिनिरल प्रशस्त मात्रामा पाइन्छ। बदामले तौल नियन्त्रणमा राख्न र डायबिटिजबाट बच्न पनि सहयोग गर्छ।

प्रकाशित: Aug 27, 2020| 15:58 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्