बुधबार, साउन २०, २०८३

कोरोनाको भ्याक्सिनले मोटा व्यक्तिलाई कम असर गर्न सक्छ : अध्ययन

कोरोना संक्रमण भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था पातलाभन्दा मोटा व्यक्तिलाई बढी आउने एक अध्ययनले देखाएको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

काठमाडौं– कोरोना संक्रमण भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था पातलाभन्दा मोटा व्यक्तिलाई बढी आउने एक अध्ययनले देखाएको छ। यस्तो खतरा मोटा व्यक्तिलाई पातलाको भन्दा दोब्बर हुने अध्ययनको निष्कर्ष छ। 

युनिभर्सिटी अफ नर्थ क्यरोलिनाको एक टिमले विश्वभर करिब ४ लाख मानिसमा अध्ययन गरेर यस्तो निष्कर्ष निकालेको हो। उक्त टिमले यसबारे ७५ वटा शोध गरेका थियो।

मोटोपनाका कारण डायबिटिज र उच्च रक्तचापको खतरा बढ्छ। यदि इम्युन सिस्टम कमजोर छ भने कोरोना संक्रमित व्यक्ति गम्भीर बिरामी हुन सक्छ।

कोरोनाको भ्याक्सिन बने पनि त्यसले मोटा व्यक्तिलाई कम असर गर्न सक्ने अध्ययनले बताएको छ। फ्लूको भ्याक्सिनले पनि ३० भन्दा बढी बीएमआई भएका व्यक्तिलाई कम असर गर्छ।

–बीबीसी

 

प्रकाशित: Aug 27, 2020| 13:55 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्