सोमबार, असार २९, २०८३

‘टप खेलाडीको अभावमा पनि यूएस ओपन कमजोर बन्दैन’

अमेरिकी टेनिस प्रशिक्षक एवम् पूर्वखेलाडी मार्टिना नभ्राटिओवाले आउँदो यूएस ओपन कुनै हालतमा कमजोर नहुने दाबी गरेकी छन्।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

न्युयोर्क– अमेरिकी टेनिस प्रशिक्षक एवम् पूर्वखेलाडी मार्टिना नभ्राटिओवाले आउँदो यूएस ओपन कुनै हालतमा कमजोर नहुने दाबी गरेकी छन्।

मार्टिनाले टेनिसका माथिल्लो वरीयताका स्टार खेलाडीको अभावमा पनि यूएस ओपन सनसनीपूर्ण हुने बताएकी हुन्।

अगस्ट ३१ बाट सुरु हुने यूएस ओपन टेनिस सेम्टेम्बर १३ सम्म चल्नेछ। तर सो प्रतियोगितामा साविक विजेता राफेल नाडाल र महिलातर्फकी साविक विजेता बियन्का एन्ड्रिस्कू सहभागी बन्ने छैनन्।

उनीहरू कोरोना भाइरसको महामारीका कारण यूएस ओपनमा सहभागी हुन नसकेका हुन्। ‘म विजेताहरूलाई छुट्टै ठाउँमा राखेर हेर्न चाहन्नँ, प्रतियोगितामा एकमात्र स्टार हुन्छ भन्ने कुरा मान्य छैन,’ १८ पटक सिंगल ग्रान्डस्लम जितेकी मार्टिनाले भनिन्, ‘मलाई थाहा छ, २०२० अरु वर्षभन्दा फरक छ तर सबैजना उस्तै अवस्थामा छौं र हामी कसले राम्रो गर्छ त्यसको पर्खाइमा हुनेछौं।’

कोरोना महामारीका कारण धेरै सहभागीले आफ्नो नाम फिर्ता लिएका कारण महिला खेल धेरै प्रभावित बनेको छ। जहाँ विश्वकै नम्बर वान वरीयताकी एशलिघ बार्टी, विम्वल्डन च्याम्पियन सिमोना हालेपसहित शीर्ष १० वरीयताका ६ खेलाडीले नाम फिर्ता लिएका थिए।

तर ६ पटककी विजेता सेरेना विलियम्स र २०१८ यूएस ओपन विजेता नाओमी ओसाका भने प्रतियोगितामा सहभागी बनेका छन्। पुरुषतर्फ भने स्पेनिस खेलाडी नाडाल र फ्रेन्च विश्व नम्बर वान नौ गेइल मान्फिल्सले सहभागिताबाट नाम फिर्ता दिइसकेका छन्। तर रोजेर फेडेरर भने घुँडाको चोटका कारण सहभागी बन्ने छैनन्।

सर्वियाका विश्व नम्बर वान नोभाक जोकोविच भने सहभागी बन्नेछन्। ‘उत्कृष्ट खेलाडीको अभावमा प्रतियोगिता जित्न केही सहज त हुनेछ। त्यसमा पनि वुमेन्स साइडमा,’ उनले भनिन्, ‘तर कहिलेकाहीँ यस्तो पनि हुन्छ, एउटा खेलाडीले प्रतिस्पर्धा जित्छ तर उसले टप खेलाडीसँग नखेली जित्न सक्नेछ।

प्रतियोगिता आउँसो सोमबारबाट फ्लसिङ मिडोमा सुरु हुँदैछ।

–बीबीसी

प्रकाशित: Aug 27, 2020| 13:32 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।