शनिबार, असोज १७, २०८३

१३.८३ अंक बढेर २७ सय बिन्दुमाथि पुग्यो नेप्से

मंगलबार ट्रेडिङ, फाइनान्स, मनुफ्याक्चरिङ र म्युचुअल फन्डका उपसूचक भने ओरालो लागेका छन् भने बाँकी सूचक हरियो भएर बन्द भएका छन्।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं- मंगलबार नेप्से सूचक १३.८३ अंकले बढेर २७ सय बिन्दु माथि पुगेर बन्द भएको छ। कारोबार सुरु हुनेबित्तिकै तीव्र रूपमा ओरालो लागेको नेप्से बजार बन्द हुने बेलासम्ममा सम्हालिन पुगेको थियो। 

मंगलबार ट्रेडिङ, फाइनान्स, मनुफ्याक्चरिङ र म्युचुअल फन्डका उपसूचक भने ओरालो लागेका छन् भने बाँकी सूचक हरियो भएर बन्द भएका छन्। 

मंगलबार ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५१ रुपैयाँ बराबरको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर कारोबार भएको छ।

मंगलबार मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ। यो कम्पनी हालै आइपीओ जारी गरी दोस्रो बजारमा कारोबार सुरु भएको हो। यस दिन एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा बढी ३.४२ प्रतिशतले घटेको छ। 

मंगलबार अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै २५ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

प्रकाशित: Sep 21, 2021| 16:11 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्