सोमबार, असार २९, २०८३

हारसँगै सन्दीपको टिम सीपीएलको पाँचौं स्थानमा

बार्बाडोस ट्रिनिडाडले क्यारेबियन प्रिमियर लिग(सीपीएल)मा नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तलावाजलाई ३६ रनले पराजित गरेको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

बार्बाडोस ट्रिनिडाडले क्यारेबियन प्रिमियर लिग(सीपीएल)मा नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तलावाजलाई ३६ रनले पराजित गरेको छ।

बुधबार राति सम्पन्न खेलमा १४९ रनको लक्ष्य पछ्याएको तलावाजले सम्पूर्ण ओभर खेलेर ९ विकेटको क्षतिमा ११२ रन मात्र बनाउन सक्यो। जमैकाको ब्याटिङ लाइनमा तुलनात्मक खराबी देखिएपछि उ ११२ रनमै समेटिएको थियो।

तलावाजका क्रुमा बोनरले सर्वाधिक ३१ रन र जर्मेन ब्लाकवुडले २८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

बार्बाडोसका राशिद खान र मिचेल सान्टनरले समान २/२ विकेट लिए भने जेसन होल्डर र रेमन राइफरले पनि २/२ विकेट बाँडे, एक विकेट लिनेमा हेडन वाल्स रहे।

यता टस हारेर ब्याटिङको निम्तो पाएको बर्बाडोसले ७ विकेटको क्षतीमा १ सय ४८ रन बनाएको थियो। केयल मेयर्सले बिस्फोटक ब्याटिङ गर्दै ८५ रन जोडेपछि बर्बाडोसले मध्यम लक्ष्य दियो। मिसेल सेन्टनरले २० रन बनाएपनि अरु खेलाडीको प्रर्दशन उल्लेख्य रहन सकेन।

जमैकाका मुजिद उर रेहमानले ३ तथा सन्दीपले २ विकेट लिए। फिडेल इडवार्ड र कार्लोस ब्रेथवेटले १/१ विकेट हात पारे। सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन दिएर २ विकेट हात पारे।

बुधबार रातिको हारसँगै सीपीएलमा सन्दीपको टिम तलावाज एक स्थान तल झरेर पाँचौ स्थानमा पुगेको छ भने बार्बाडोस भने २ स्थान उक्लिएर तेस्रो स्थानमा पुगेको छ। तलावाजले पाँच खेलबाट २ मात्र जित निकालेको छ।

अंकतालिकामा ४ खेल खेल्दै सबैमा जित निकालेको ट्रिनबागो नाइट राइडर्स शीर्षस्थानमा छ भने ५ खेलबाट तीन खेलमा जित निकालेको सेन्ट लुसिया जोउक्स दोस्रो स्थानमा छ।

प्रकाशित: Aug 27, 2020| 08:58 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।