बुधबार, चैत ४, २०८२

आईपीएल सुरु हुनुअघि विराट कोहलीले दिए चेतावनी

कोरोना महामारीबीच १९ सेप्टेम्बरदेखि दुबईमा आईपीएल (इन्डियन प्रिमियर लिग) हुँदै छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

एजेन्सी- कोरोना महामारीबीच १९ सेप्टेम्बरदेखि दुबईमा आईपीएल (इन्डियन प्रिमियर लिग) हुँदै छ।

National life

भारतीय क्रिकट कप्तान विराट कोहलीले खेलाडीहरुलाई एउटा सामान्य गल्तीले पनि पूरै टुर्नामेन्टलाई विगार्न सक्ने भन्दै सम्पूर्ण सावधानी अपनाउन भनेका छन्।

यसअघि मार्चमा सुरु हुनुपर्ने आईपीएल कोरोना महामारीका कारण स्थगित भएको थियो।

खेलका लागि ८ वटा टिम यूएई पुगिसकेका छन्। अहिले उनीहरुलाई क्वारेन्टिनमा राखिएको छ। सबै टोली दुबईका बेग्लाबेग्लै होटलमा ६ दिनका लागि क्वारेन्टिनमा बस्नुपर्ने छ।

यसअवधिमा खेलाडीहरुको तीन पटक परीक्षण हुनेछ। परीक्षण नेगेटिभ आएपछि उनीहरुले बन्द क्याम्पभित्र तालिम सुरु गर्न पाउनेछन्। र यस अवधिमा उनीहरुले क्यारेन्टिनमा नरहेका कसैसँग पनि भेट्न पाउने छैनन्।

Laxmi sunrise bank
kumari

सात हप्तासम्म चल्ने टुर्नामेन्ट १० नोभेम्बरमा सम्पन्न हुनेछ र यो पूरै अवधिमा यी नियमको पालना गर्नु खेलाडीका लागि सजिलो हुने छैन।

त्यसैले विराट कोहलीले एक भिडियो कन्फ्रेन्समा आफ्नो टिम रोयल च्यालेन्जर्स ब्याङ्गलोरका खेलाडीलाई स्वास्थ्य मापदण्डका कुनै नियम नतोड्न चेतावनी दिएका हुन्। उनले कसैले ‘बबल’ तोड्यो भने त्यसको परिणाम टुर्नामेन्टका लागि घातक हुने भनेका छन्।

यसअघि भएका क्रिकेट म्याचमा केही खेलाडीले सुरक्षाका लागि बनाइएका नियम पालना गर्न सकेका थिएनन्।

नियम उल्लंंघन गरेकै कारण इंग्ल्याण्डका बलर जोफ्रा आर्चर वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट म्याच खेल्न पाएनन्। यसैगरी पाकिस्तानका मोहम्मद हाफिजलाई इंग्ल्याण्डमै गल्फ खेल्न गएपछि उनलाई सेल्फ आइसोलेसनमा रहन भनिएको थियो।

आरसीबीका निर्देशक माइक हेसनले पनि आफ्नो टिमका लागि मात्रै नभई पुरा टुर्नामेन्ट, टेलिभिजन राइट्स आदिमा असर पर्ने भएकोले खेलाडीहरुलाई तोकिएका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरेका छन्।

आईपीएलमा ठूलो लगानी भएको हुँदा नियम पालना नगर्ने खेलाडीमाथि बोर्डले ठूलो जरिवाना लगाउनसक्ने अनुमान गरिएको छ।

यसैकारण कोहलीले टिमलाई चेतावनी दिँदै भनेका छन्, ‘मापदण्ड उल्लंघन गरेकै कारण हामीले कुनै खेलाडीलाई गुमाउनु पर्यो भने त्यो सह्य हुनेछैन। यदि हामीमध्ये कसैलाई क्षति भयो भने, त्यो पूरै टिम, (क्रिकेट) संस्कृतिलाई क्षति पुग्नेछ। तपाईँहरु सबैले परिणाम केसम्म हुनसक्छ भन्ने अहिल्यै बुझ्नुहोस्।’

यसबीच दुबई पुगेका खेलाडीहरुले आफ्नो करिअरमा यसअघि कहिल्यै गर्न नसकेको अनुभव गरिरहेका छन्।

राजस्थान रोयल्सका जयदेव उनादकटले भने, ‘हामीलाई आफ्नो कोठा बाहिर जाने अनुमति छैन। समय कटाउन मैले फिफा गेम्स खेलिरहेको छु।’

अर्का खेलाडीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘होटेलको लबीमा हिँड्दै गर्दा गुलाब जल छर्किएजस्तो लागेको थियो तर, त्यो स्यानिटाइजर रहेछ।’

हालै फुटबल च्याम्पियन्स लिग सफलतापूर्वक सम्पन्न भएको छ। त्यसैले क्रिकेट प्रेमीहरु पनि उत्साहित भएका छन्।
आईपीएल भारतभन्दा बाहिर हुन लागेको यो तेस्रो पटक हो।
एएफपी

प्रकाशित: Aug 26, 2020| 19:10 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।