सोमबार, असार २९, २०८३

सागमा सम्मिलित बक्सिङका १६ खेलाडीको कोरोना बिमा

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सम्मिलित १६ खेलाडीको कोरोना बिमा गरिएको छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सम्मिलित १६ खेलाडीको कोरोना बिमा गरिएको छ।

विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका १६ खेलाडीको पूर्व बक्सर एवम् बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले कोरोना बिमा गरिदिएका हुन्।

नेपालका तर्फबाट १६ जनाले प्रतिस्पर्धा गरेका १३ औं सागमा बक्सिङमा १५ पदक प्राप्त भएको थियो।

नेपालका ६ महिला र १० पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

महिलातर्फ विभिन्न तौल समूहका मीनु गुरुङ, ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल र चन्द्रकला थापाले प्रतिस्पर्धा गेका थिए।

पुरुषतर्फ सनिल शाही, भूपेन्द्र थापा, गणेश प्रधान, आशिष दुवाडी, तेजबहादुर देउवा, पुरन राई, विकास लामा, अर्जुन सिगु र दीपक श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए।

नेपालले तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो। स्वर्ण जित्नेमा मीनु गुरुङ, सनिल शाही र भूपेन्द्र थापा थिए भने दीपक श्रेष्ठ मात्र पदक जित्न असफल भए।

यसैगरी १३ औं सागमा प्रशिक्षणमा सहभागी बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर र प्रवीण तुलाधरको पनि कोरोना बिमा गरिएको छ।

प्रकाशित: Aug 26, 2020| 15:07 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।