बुधबार, चैत ४, २०८२

६ सय विकेट गिराउने पहिलो फास्ट बलर बने एन्डरसन

इंग्ल्यान्डका फास्ट बलर जेम्स एन्डरसनले आफ्नो करियरको ६०० विकेट पूरा गरेका छन्।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं– इंग्ल्यान्डका फास्ट बलर जेम्स एन्डरसनले आफ्नो करियरको ६०० विकेट पूरा गरेका छन्।

National life

इंग्ल्यान्ड–पाकिस्तान सिरिजमा अवसरको खोजी गरिरहेका उनले पाकिस्तानका कप्तान अजर अलीलाई पेवेलियन फर्काउँदै ६०० विकेट पूरा गरेका हुन्।

इंग्ल्यान्डको साउथह्याम्टनमा गएराति सम्पन्न तीन शृंखलाको पाकिस्तान–इंग्ल्यान्ड टेस्ट सिरिज इंग्ल्यान्डले १–० को जित निकालेको छ।

मौसमका कारण २ खेल प्रभावित बनेपनि टेस्ट क्रिकेटमा इंग्ल्यान्डले १–० को जित निकालेको हो।

सम्पन्न टेस्टको पहिलो इनिङमा २३ ओभर बलिङ गर्दै एन्डरसनले ५ विकेट लिएका थिए भने दोस्रो इनिङमा १९ ओभर खेल्दै २ विकेट गिरएपछि उनको ६०० विकेटको यात्रा पूर्ण भएको हो। उनी ६०० विकेट पूरा गर्ने इंग्ल्यान्डका पहिलो खेलाडी बनेका छन्।

Laxmi sunrise bank
kumari

त्यस्तै तीन शृंखलाको पहिलो र दोस्रो खेलमा उनले क्रमशः १ र ३ विकेट लिएका थिए। एन्डरसन भन्दा अघि तीन खेलाडीले ६ सय विकेट पूरा गरेका छन्।

सबैभन्दा धेरै श्रीलंकाका मुथैया मुरलीधरनले ८०० विकेट बनाएका छन्। त्यस्तै अष्ट्रेलियाका शेन वार्नले ७०८ विकेट लिएका छन् भने भारतका अनिल कुम्बलेले ६१९ विकेट लिएका छन्।

उनीहरुले क्रमशः १३३, १४५ र १३२ खेलमा सो विकेट लिएका हुन्। तर ६ सय विकेट पुर्याउने अन्य सबै खेलाडी स्पिनर थिए भने एन्डरसन फास्टबलर हुन्।
त्यस्तै, एन्डरसनले ६०० विकेटको यात्रा पूरा गर्न सबैभन्दा धेरै बल खर्च गरेका छन्। उनले ३३ हजार ७१७ बल खर्चिएर सो उपलब्धि हासिल गरेका हुन्।
इंग्ल्यान्डका अर्का बलर स्टुअर्ट ब्रोडले यसअघि वेस्ट इन्डिजसँगको सिरिजमा ५०० विकेटको कीर्तिमान पूरा गरेका थिए। ब्रोडले अहिलेसम्म ५१४ विकेट गिराइसकेका छन्।

प्रकाशित: Aug 26, 2020| 09:06 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।