बुधबार, चैत ४, २०८२

अन्तिम खेल प्रभावित बनेपछि टेस्ट सिरिज इंग्ल्यान्डको पक्षमा

इंग्ल्यान्डको साउथह्याम्टनमा सम्पन्न तीन शृंखलाको इंग्ल्यान्ड–पाकिस्तान टेस्टि सिरिज इंग्ल्यान्डले १–०को नतिजाले कब्जा जमाएको छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

साउथह्याम्टन– इंग्ल्यान्डको साउथह्याम्टनमा सम्पन्न तीन शृंखलाको इंग्ल्यान्ड–पाकिस्तान टेस्टि सिरिज इंग्ल्यान्डले १–०को नतिजाले कब्जा जमाएको छ।

National life

द रोज बल रंगशालामा सम्पन्न तेस्रो खेलमा फलो अन पाएको पाकिस्तानले ४ विकेट गुमाउँदै १८७ रन मात्र जोडेपछि खेल बराबरी भएको थियो।

यसअघिको दोस्रो खेल पनि बराबरी भएको तर पहिलो खेल इंग्ल्यान्डले जितेका कारण उसले १–० ले सिरिज आफ्नो पक्षमा पारेको हो।

टस जितेर ब्याटिङ सम्हालेको इंग्ल्यान्डले तेस्रो खेलको पहिलो इनिङमा विस्फोटक ब्याटिङ गर्दै ५८३ रन बनाएको थियो। जसमा ज्याक क्राउलीले २६७ रन बनाएका थिए भने जोस बटलरले १५२ रन बनाउँदै सतकिय पारी खेलेका थिए। अन्य खेलाडीले भने अर्धसतकसम्म बनाउन सकेनन्।

इंग्ल्यान्डले आफ्नो विकेट नसकिकनै पाकिस्तानलाई ब्याटिङको अवसर दिए पनि पाहुना टिमले पहिलो इनिङमा २७३ रनमात्र बनाउन सक्यो। मौसमले साथ नदिएको पाकिस्तानले फलो अनको अवसर पाए पनि दोस्रो इनिङमा १८७ रन मात्र बनाउन सक्यो।

Laxmi sunrise bank
kumari

पहिलो इनिङमा पाकिस्तानका कप्तान अजहर अलीेले अविजित १४१ रन बनाएका थिए भने मोहम्मद रिज्वनले ५३ रनको योगदान दिएका थिए। त्यस्तै दोस्रो इनिङमा बाबर अजामले अविजित ६३ रन बनाए।

तर दोस्रो इनिङमा पाकिस्तानको खेल पूरा नभएका कारण खेल बराबरी भएको हो।

अब पाकिस्तानले इंग्ल्यान्डसँग तीन शृंखलाको टी–२० सिरिज पनि खेल्नेछ। उक्त सिरिज आउँदो अगस्ट २८, ३० र सेम्टेम्बर १ तारकमा हुनेछ।

– ईएसपीएन क्रिकइन्फो

प्रकाशित: Aug 26, 2020| 08:05 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।