बुधबार, चैत ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एन्फाले प्रशिक्षण कोर्स सञ्चालन गर्ने, अनलाइन आवेदन दिन आह्वान

एन्फाले प्रशिक्षण कोर्स सञ्चालन गर्ने, अनलाइन आवेदन दिन आह्वान

खिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न प्रशिक्षण कोर्स सञ्चालन गर्ने भएको छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न प्रशिक्षण कोर्स सञ्चालन गर्ने भएको छ।

National life

मंगलबार सूचना जारी गर्दै प्रशिक्षण कोर्सका लागि योग्यता पुगेका व्यक्तिलाई अनलाइनमार्फत आवेदन दिन एन्फाले आह्वान गरेको हो।

एन्फाले ग्रासरुट कोचिङ कोर्स, कम्युनिटी कोचिङ कोर्स (एन्फा डी लाइसेन्स), एन्फा एएफसी सी लाइसेन्स कोचिङ कोर्स, एन्फा एएफसी डी लाइसेन्स कोचिङ कोर्स र एन्फा एएफसी ए लाइसेन्स कोचिङ कोर्सका लागि आवेदन खुला गरेको हो।

ग्रासरुट कोचिङ कोर्स १५ अक्टुबरबाट सुरु हुनेछ। दुई दिने यो निःशुल्क कोर्समा आवेदन दिनको लागि फुटबल सम्बन्धि आधारभुत ज्ञान भएको हुनुपर्ने एन्फाले जनाएको छ। यसको लागि १५ सेप्टेम्बरभित्र आवेदन दिनुपर्ने छ।

कम्युनिटी प्रशिक्षण कोर्स १५ डिसेम्बरमा सुरु हुने एन्फाले जनाएको छ। चार दिने यो कोर्सको लागि फुटबल खेलाडीले आवेदन दिन सक्नेछन्। तीन हजार शुल्क तोकिएको यो कोर्स १५ नोभेम्बरमा सुरु हुनेछ।

Laxmi sunrise bank
kumari

त्यसैगरी एन्फा÷एएफसी लाइसेन्स प्रशिक्षण कोर्स २०२१ को १ जनवरीमा सुरु हुनेछ। एन्फा डी लाइसेन्स भएकाहरूले आवेदन दिन सक्ने आठ दिने कोर्सको शुल्क पाँच हजार तोकिएको छ। यसको लागि १५ डिसेम्बरभित्र आवेदन बुझाइसक्नुपर्ने एन्फाको भनाइ छ।

एन्फा बी लाइसेन्सको लागि सी लाइसेन्स प्राप्त हुनुपर्नेछ। ५ जनवरी २०२१ मा सुरु हुने कोर्स १२ दिनसम्म चल्नेछ। सात हजार शुल्क रहेको उक्त कोर्सको लागि ५ डिसेम्बरभित्र आवेदन दिइसक्नुपर्ने छ।

एन्फाले एएफसी ए लाइसेन्स प्रशिक्षण कोर्स १ नोभेम्बरदेखि सुरु हुने जनाएको छ। एएफसी बी लाइसेन्स प्राप्त गरेकाहरूले आवदेन भर्न सक्ने उक्त कोर्स १८ दिनसम्म चल्नेछ भने १० हजार शुल्क लाग्नेछ। उक्त कोर्सको लागि १ अक्टुबरसम्म आवेदन दिइसक्नुपर्ने छ।

यसबाहेक एएफसी अन्तर्गतका अन्य पाँच कोर्सका लागि पनि एन्फाले आवेदन खुला गरेको छ।

अन्य कोर्समा एएफसी फिटनेस लेभल १ ए कोचिङ कोर्स, एएफसी फिटनेस लेभल १ बी कोचिङ कोर्स, एएफसी गोलकिपिङ लेभल १ कोचिङ कोर्स, गोलकिपिङ लेभल २ कोचिङ कोर्स र एएफसी फुटसल कोचिङ कोर्स छन्।

 

प्रकाशित: Aug 25, 2020| 21:10 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।