बुधबार, साउन २०, २०८३

विद्यार्थीलाई तत्काल क्याम्पसमा सम्पर्क राख्न त्रिविको अनुरोध

त्रिभुवन विश्वविद्यालयले त्रिविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई आफू अध्ययनरत विभाग, स्कुल र क्याम्पसमा तुरुन्त सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गरेको छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले त्रिविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई आफू अध्ययनरत विभाग, स्कुल र क्याम्पसमा तुरुन्त सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गरेको छ।

त्रिविले जारी गरेको सूचनामा भनिएको छ, ‘आफ्नो सम्पर्कमा त्रिविमा अध्ययनरत कुनै विद्यार्थी भएमा सम्पूर्ण अभिभावक, स्थानीय सरकारका प्रतिनिधि, स्थानीय प्रशासन, समाजसेवी, शिक्षाविद् तथा अन्य सबै सरोकारवालाहरूलाई यही सूचनालाई आधार मानी तत्काल खबर गरिदिनुहुन अनुरोध गरिन्छ।’

त्रिविले सम्पूर्ण विभाग, स्कुल, क्याम्पस, प्रशासन, डिन कार्यालयहरूसमेतलाई विद्यार्थीलाई सम्पर्कमा ल्याउने वातावरण मिलाउन अनुरोध गरेको छ।

त्रिविले पठनपाठनको वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्न आफ्ना सबै शिक्षक, कर्मचारी तथा विद्यार्थीको इमेल आइडी तयार गर्दै अनलाइन विधिबाट पठनपाठन सञ्चालन गरिरहेको जनाएको छ।

कतिपय विद्यार्थी अध्ययनरत विभाग वा क्याम्पसको सम्पर्कमा नआएका कारण पठनपाठन तथा स्थगन गरिएको परीक्षा व्यवस्थापन गर्न समस्या भएको सूचनामा जनाइएको छ।

प्रकाशित: Aug 25, 2020| 18:04 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्