सोमबार, असार २९, २०८३

क्यानले गरायो १८ महिला खेलाडीको कोरोना बीमा

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली महिला राष्ट्रिय क्रिकेट खेलाडीको कोरोना बीमा गराएको छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली महिला राष्ट्रिय क्रिकेट खेलाडीको कोरोना बीमा गराएको छ।

संघले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै १८ जना महिला खेलाडीको बीमा गराएको बताएको हो।

‘क्यानले दोस्रो चरणमा १८ जना महिला सिनियर खेलाडीको कोरोना बीमा गराएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘क्यानले पहिलो चरणमा पुरुष खेलाडीसहित खेल अधिकारी, ग्राउन्ड स्टाफ र सहयोगी गरी ५१ जनाको बीमा गराएको थियो।’

क्यानले आफ्नै आन्तरिक स्रोतबाट खेलाडीको बीमा गरिदिएको हो। त्यसमा केही रकम बीमा कम्पनीले पनि छुट दिएको क्यानले बताएको छ।

क्यानले पछिल्लो बैठकबाट महिला क्रिकेटको विकासका लागि जयन्ती भट्टको संयोजकत्लमा महिला क्रिकेट विकास समितिसमेत गठन गरेको छ।

साथै क्यानले महिला खेलाडीलाई तीन समूहमा वर्गीकरण गरेर उनीहरुले पनि तलब पाउने व्यवस्था गर्ने बताउँदै आएको छ।

अहिलेसम्म महिला राष्ट्रिय खेलाडीले मासिक तलब पाउने गरेका छैनन्।

प्रकाशित: Aug 25, 2020| 14:17 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।