सोमबार, असार २९, २०८३

बार्सिलोनाका खेलाडीलाई प्रशिक्षकको महँगो फोनकल

प्रशिक्षक रोनाल्ड कोम्यानले खेलाडीलाई फोनमार्फत् सम्पर्क गर्न थालेका छन्। उनले आगामी २०२०–२०२१ सिजनको तयारीबारे कुराकानी गर्न खेलाडीलाई फोन गर्न सुरु गरेका हुन्।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

बार्सिलोना– प्रशिक्षक रोनाल्ड कोम्यानले खेलाडीलाई फोनमार्फत् सम्पर्क गर्न थालेका छन्। उनले आगामी २०२०–२०२१ सिजनको तयारीबारे कुराकानी गर्न खेलाडीलाई फोन गर्न सुरु गरेका हुन्।

पछिल्लो सिजन सकिएपछि बार्सिलोनाका खेलाडी अहिले विदा मनाइरहेका छन्। यता, कोम्यानले आउँदो हप्ताबाट २०२०–०२१ सिजनको प्रशिक्षण गर्ने बताएका छन्। उनले लुइस सुवारेज, आर्थुरो भिडाल लगायतका खेलाडी बाहेकको स्क्वाड तयार गरेको र सो बारेमा जानकारी दिनका लागि उनीहरुलाई फोन गरेको बताए।

कोम्यानले उरुग्वेका स्टार सुवारेज र चिलियन खेलाडी भिडाललाई फोनमार्फत् चाँडै नयाँ क्लब खोज्न पनि निर्देशन दिएका छन्। त्यसपछि उनले बार्सिलोनाको ड्रेसिङ रुमका अझै धेरै खेलाडीलाई सम्पर्क गर्न बाँकी रहेको बताएका छन्।

त्यस्तै भिडाल र सुवारेज दुवैलाई अन्य टिमका अफर पनि आइरहेका छन्। तर, उनीहरुले बार्सिलोना छोड्न मानेका छैनन्। त्यस्तै कोम्यानको योजनामा नभएका अन्य खेलाडी इभान राकिटिक, सामुयल उमटिटी र जुयिर फिर्पो हुन्।

उनीहरुलाई पनि थाहा छ कि डच प्रशिक्षक र बार्सिलोना उनीहरूको बहिर्गमन चाहन्छन्। तर पनि खेलाडी कोम्यानको फोन कुरेर बसिरहेको स्पेनिस मिडिया मार्काले जनाएको छ।

साथै नयाँ प्रशिक्षकले के भन्लान् भन्ने सम्बन्धमा सर्जियो बस्क्वेट, सेर्जी राबर्टो र जेरार्ड पिक पनि पर्खिरहेका छन्। यति हुँदाहुँदै बार्सिलोनाका खेलाडीलाई यो थाहा छ कि क्लबको स्क्वाडका अधिकांश खेलाडी बिक्रीमा छन्। तर, उनीहरुलाई क्लबले केही भनेको छैन।

यता बार्सिलोनाले यसअघि नै भनिसकेको छ कि, अगामी सिजनमा ड्रेसिङ रुममा धेरै परिवर्तन हुनेछ। तर, त्यो परिवर्तन कस्तो हुनेछ भन्नेबारे बार्सिलोनाले प्रष्ट पारेको भने छैन।

यसअघि बेच्ने तालिकामा रहेका अट्याकिङ मिडफिल्डर फिलिप काउटिन्होबारे अहिले बार्सिलोनाले केही बताएको छैन। बायर्नमा लोनमा रहेका काउटिन्होले च्याम्पियन्स लिग क्वार्टरफाइनल खेलमा बार्सिलोनाविरुद्ध दुई गोल गरेपछि फुटबलमा उनको साख फर्किएको छ।

प्रकाशित: Aug 25, 2020| 14:03 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।