सोमबार, असार २९, २०८३

रोनाल्डोको कप्तानीमा पोर्चुगलको राष्ट्रिय टोली घोषणा

नेसन्स कपका लागि पोर्चुगलले राष्ट्रिय टोलीको घोषणा गरेको छ। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले २५ सदस्यीय टोलीको घोषणा गरेका हुन्।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

लिस्बन– नेसन्स कपका लागि पोर्चुगलले राष्ट्रिय टोलीको घोषणा गरेको छ। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले २५ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

साविक विजेता पोर्चुगलले पहिलो खेल घरेलु मैदानमा क्रोएसियासँग सेप्टेम्बर ६ मा खेल्नेछ। त्यसपछि सेप्टेम्बर ९ मा स्वीडेनको घरेलु टिमसँग अवे खेल खेल्नेछ।

पोर्चुगल टोलीमा क्रिस्टियानो रोनाल्डो, जोआ फेलिक्ससहित ७ जना फरवार्ड छन्। त्यस्तै डिफेन्समा पेपे सहित ८ खेलाडी छन्।

फरवार्ड– क्रिस्टियानो रोनाल्डो, बर्नार्डो शिल्भा, जाओ फेलिक्स, आन्द्रे शिल्भा, डिएगो जोटा, ट्रिनकाओ र गोन्जालो गुइडेस

मिडफिल्डर– ब्रुनो फर्नान्डेज, जाओ माउटिन्हो, डानिलो परेइरा, रुबेन नेभेज, आन्द्रे गोमेज, रेनाटो सान्चेज र सर्जिओ ओलिभिएरा

डिफेण्डर– पेपे, डोमिनिङ्गो डुअर्टे, जोस फोन्ट, जाओ क्यान्सेलो, नेल्सन सेमेडो, रुबेन डियास, राफेल गुरेइरो र मारियो रुई

गोलकिपर – रुई प्याट्रिसिओ, रुइ शिल्भा र एन्टोनी लोपेज

–एजेन्सी

 

प्रकाशित: Aug 25, 2020| 13:15 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।