सोमबार, असार २९, २०८३

क्यानको अधिवेशन अनिश्चितकालका लागि स्थगित

नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभा स्थगित भएको छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभा स्थगित भएको छ। यही भदौ १५ गतेभित्र गर्ने भनिएको साधारणसभा अनिश्चितकाल म्मका लागि स्थगित भएको क्यानले जानकारी दिएको छ।

क्यानले आज सूचना जारी गर्दै वार्षिक साधारणसभा स्थगित भएको बताएको हो। ‘विश्व नै कोराना महामारीको प्रकोपसँग जुधिरहेको छ। नेपालमा पनि यसबाट बच्नका लागि सबैजसो ठाउँमा लकडाउन र निशेषज्ञा लगाइएको छ, जसकारण क्यानको वार्षिक साधारणसभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ,’ सूचनामा भनिएको छ।

गत साउन ५ गते बसेको क्यानको केन्द्रीय समिति बैठकले भदौ १५ गतेभित्र वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो।

क्यानले तीन दिनअघि पनि सूचना जारी गर्दै क्रिकेटसँग सम्बन्धित सबै काम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको थियो र निर्देशनअनुसार गर्नका लागि प्रदेश र जिल्ला संघलाई पनि बताएको थियो।

यस्तै कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उसले शनिबार राष्ट्रिय क्रिकेट टिमका खेलाडीको कोरोना बीमा गरिदिएको छ। साथै महिला खेलाडीको पनि बीमा गर्ने क्यानले बताएको छ।

प्रकाशित: Aug 25, 2020| 11:47 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।