शुक्रबार, फागुन २९, २०८२

सुशान्तको १५ पाने नोटबाट डिप्रेसनबारे यस्तो खुलासा

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्यापछि उनी डिप्रेसनमा रहेको विषयले चर्चा पाउँदै आएको छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

मुम्बई–बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्यापछि उनी डिप्रेसनमा रहेको विषयले चर्चा पाउँदै आएको छ।

National life

यसबारे भारतीय प्रहरीका साथै स्वतन्त्र विज्ञहरुले पनि अध्ययन गरिरहेका छन्।

यसै क्रममा ह्यान्डराइटिङ विज्ञहरु सुशान्तले लेखेको हस्तलिखित नोट अध्ययन गरेर उनी डिप्रेसनमा रहे–नरहेको पत्ता लगाउने कोसिस गरिरहेका छन्।

सुशान्त डायरी लेख्ने गर्थे। उनी ह्वाइट बोर्डमा आफ्नो कामको सूची र भविष्यका योजना पनि बनाउने गर्थे।

आत्महत्या गर्नेहरुले अक्सर सुसाइड नोट लेख्ने गर्छन्। तर, सुशान्तको त्यस्तो कुनै नोट फेला परेन। सुसाइट नोट लेखेको भए सायद उनको मृत्यु रहस्यमय हुने थिएन होला।

Laxmi sunrise bank
kumari

नवभारत टाइम्सका अनुसार सुशान्तले लेख्ने गरेको डायरी र उनको ह्यान्डराइटिङ अध्ययन गरेर विज्ञहरुले एक नयाँ खुलासा गरेका छन्। १५ पेजको उक्त नोट्समा उनले आफ्ना भावी योजनाहरु लेखेका छन्। उनको योजना स्पष्ट थियो। उनी कुनै कन्फ्युजनमा थिएनन्।

सुशान्तको ह्यान्डराइटिङ अध्ययन गरेपछि विज्ञहरु के निष्कर्षमा पुगेका छन् भने उनी डिप्रेसनमा थिएनन्। डिप्रेसनमा गएको मानिसको ह्यान्डराइटिङ र सुशान्तको ह्यान्डराइटिङ बिलकुल फरक रहेको विज्ञहरुले बताएका छन्।

सुशान्तका फ्लाटमेट सिद्धार्थ पिठानी र प्रेमिका रिया चक्रवर्तीले सुशान्त डिप्रेसनमा रहेको बयान दिएका छन्। यद्यपि, सुशान्तका पिताले भने त्यस्तो कुनै छनक आफूले नपाएको बताएका छन्।

३४ वर्षीय सुशान्त गएको जुन १५ मा आफू बस्ने फ्लाटको कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए।

फिल्म समीक्षा- दिल बेचारा : सुशान्तको अन्तिम सम्झना

 

प्रकाशित: Aug 25, 2020| 09:20 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।