सोमबार, असार २९, २०८३

सुवारेज अब बार्सिलाेनामा रहँदैनन् : प्रशिक्षक कोयमेन

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोयमेनले उरुग्वेका स्टार लुइस सुवारेज अब आफ्नो टिममा नरहने बताएका छन्।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

बार्सिलोना – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोयमेनले उरुग्वेका स्टार लुइस सुवारेज अब आफ्नो टिममा नरहने बताएका छन्।

उनले नयाँ सिजन २०२०/२०२१ का लागि सुवारेज टिममा नरहने स्पष्ट पारेका हुन्। कप्तान लियोनेल मेस्सीसँगको कुराकानीपछि कोयमेनको यस्तो धारणा बाहिर आएको हो।

सुवारेले पछिल्लो सिजनमा पनि फिटनेसबारे तनाव सामना गर्नुपरेको थियो। फिटनेसबारे उनी विगत १८ महिनाबाट बार्सिलोनाको केन्द्रमा छन्।

क्याटलान रेडियो स्टेसन आरएसी १ ले सार्वजनिक गरेको विवरणअनुसार कोयमेनले सुवारेजलाई बार्सिलोना छोडेर अन्य क्लब जान सुझाव दिएका छन्।

लिभरपुलबाट बार्सिलोनामा अनुबन्ध भएका यी गोल स्कोररको सम्झौता अझै एक वर्ष बाँकी छ। उनले आउँदो सिजनमा राम्रो प्रदर्शन गर्न सके अर्को वर्षका लागि पनि बार्सिलोनामा बस्ने सम्भावना भने बढ्न सक्नेछ।

यता सुवारेजले आफू बार्सिलोनामै बस्न चाहेको बताउँदै आएका छन्। उनी क्याटलान कलबमै बस्न चाहे तापनि आयाक्सले उनलाई अनुबन्ध गर्न चाहेको बताउँदै आएको छ।

प्रकाशित: Aug 24, 2020| 21:32 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।