सोमबार, असार २९, २०८३

पोग्बा युनाइटेडमै बस्ने

इंग्लिस प्रिमियर लिग (ईपीएल) को सर्वाधिक विजेता क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड पाउल पोग्बा युनाइटेडमै बस्ने भएका छन्।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

म्यानचेस्टर- इंग्लिस प्रिमियर लिग (ईपीएल) को सर्वाधिक सफल क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड पाउल पोग्बा युनाइटेडमै बस्ने भएका छन्।

२७ वर्षे फ्रेन्च फरवार्ड पोग्वा सन् २०१७ मा इटालियन लिग विजेता क्लब युभेन्टसबाट ८९ मिलियन पाउन्डमा युनाइटेडमा अुनबन्ध भएका थिए।

तर, पछिल्लो सिजनमा लामो समयसम्म चोटले गुज्रिएका उनले कोरोना महामारीपछि भने उत्कृष्ट कमव्याक गरे। साथै क्लबलाई तेस्रो स्थानमा पुर्याउन सफल बने।

‘युनाइटेले यो सिजनमा पोग्वालाई क्लबमै राख्न चाहेको छ,’ पोग्वाका एजेन्ट मिनो राइओलाले भने, ‘हामी दबाब र तनावका बीच नयाँ सम्झौताका लागि कुरा गर्न गइरहेका छौँ।’

राइओलाले थपे, ‘उनी युनाइटेडका ‘कि प्लेयर’ हुन्। र, आउँदो सिजनमा क्लबसँग महत्वपूर्ण काम छ र क्लब पोग्बा चाहन्छ।’

कोरोनाको महामारीअघि भने पाेग्बाले क्लबका आठ खेलमा मात्र सहभागी बन्ने अवसर पाए। धेरै समय चोटग्रस्त बनेका २०१८ को विश्वकप विजेता पोग्बा घुँडाको चोटबाट मुक्त भएपछि भने क्लबका १४ खेलमा सहभागिता जनाए।

उनले क्लबलाई एफए कपको सेमीफाइनल पुर्याए भने अर्को वर्षको च्याम्पियन्स लिगमा सहभागी गराउन महत्वपूर्ण भूमिका खेले।
अहिलेको सम्झौताअनुसार पोग्वा अर्को वर्षको गर्मी यामसम्म युनाइटेडमा रहनेछन्।

प्रकाशित: Aug 24, 2020| 18:15 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।