सोमबार, असार २९, २०८३

पेरिसमा फुटबल समर्थक र प्रहरीबीच झडप, १४८ जना पक्राउ

फ्रान्सको पेरिसमा फुटबल समर्थक र प्रहरीबीच झडप भएको छ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

पेरिस– फ्रान्सको पेरिसमा फुटबल समर्थक र प्रहरीबीच झडप भएको छ।

पार्क डेस प्रिन्सिन रंगशालानजिकै रहेको च्याम्प–एलिसे मैदानमा फुटबल समर्थक तोडफोडमा उत्रिएपछि प्रहरीसँग झडप भएको हो।
झडपमा १४८ जना समर्थक पक्राउ परेका छन्।

च्याम्पियन्स लिगमा पहिलोपटक फाइनल पुगेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आइतबार रातिको फाइनल खेलमा जर्मन क्लब बायर्न क्लबसँग पराजित भएको थियो।

विजय उत्सव मनाउन आतुर पीएसजीका फ्यान क्लबले हार बेहोरेपछि आक्रोशित बनेर तोडफोडमा उत्रिएका थिए।

पाँच हजार समर्थकले च्याम्य–एलिसे स्ट्रिटमा एकसाथ ठूलो पर्दामा फुटबल हेरिरहेका थिए।

फुटबल समर्थकले सामाजिक दुरी पालना गरेका थिएनन् भने स्वास्थ्य सुरक्षाका लागि मास्क पनि लगाएका थिएनन्।

आक्रोशित समर्थकले कार र वरिपरि रहेका भवन तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका थिए। भवन, पसल र सवारीसाधानमा ठूलो क्षति पुगेको पेरिस प्रहरीले जनाएको छ।

पीएसजी समर्थकलाई रोक्न प्रहरीले अश्रुग्याससमेत प्रयोग गरेको थियो।

पेरिसका मेयर एनी हिडाग्लोले सेमिफाइनलमा पीएसजीले जित निकालेको सम्झँदै संयमित भएर उत्सव मनाउन आग्रह गरेकी छन्।
प्रहरीले ४०० समर्थकसँग जरिवाना असुल गरेको छ।

यो सिजनमा पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको पीएसजी जर्मन क्लब बायर्न म्युनिखसँग १–० गोल अन्तरले पराजित भएको थियो।

प्रकाशित: Aug 24, 2020| 13:35 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।