बुधबार, चैत ४, २०८२

च्याम्पियन्स लिगको उपाधि छैटौंपटक बायर्नलाई

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराउँदै बेभरियनल क्लब बायर्न म्युनिखले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

लिस्बन– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराउँदै बेभरियनल क्लब बायर्न म्युनिखले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ।

National life

पोर्चुगलको राजधानी लिस्बनको स्टेडियो डा लुजमा आइतबार राति सम्पन्न खेलमा पीएसजीलाई १–० गोल अन्तरले हराउँदै बायर्नले उपाधि जितेको हो।

प्रतिस्पर्धात्मक खेलमा किंग्स्ले कोमानले निर्णायक गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमै रोकिएपछि उनले दोस्रो हाफमा गोल गरेका थिए।

जोसुवा किमिचले दिएको पासलाई कोमानले हेडमार्फत गोल गरेपछि खेलको ५९ औं मिनेटमा बायर्न एक गोलले अघि रह्यो। त्यसलगत्तै मैदान पसेका फिलिपे काउटिन्होले पनि गोल गर्न सकेनन्।

यता पीएसजीका नेयमार र केलियन एम्बाप्पेले धेरै प्रयासलाई गोलमा बदल्न सकेनन्। स्थापनाको ५० वर्षपछि फाइनल पुगेको भए पनि उसले उपाधि जित्ने मौका गुमायो। बरु ११ औं पटक फाइनलको यात्रा गरेको बायर्नले छैटौं जित निकाल्यो।

Laxmi sunrise bank
kumari

बायर्न च्याम्पियन्स लिग चौथो धेरैपटक जित्ने टिमसमेत बनेको छ। उसले रियल मड्रिड (१३), एसी मिलान (७) भन्दा पछि रहेर लिभरपुलको ६ पटकसँग बराबरी गरेको छ।

बायर्नले जारी सिजनका ११ खेलमा ४३ गोल गरेको छ। तर सन् १९९९–२००० मा बार्सिलोनाले बनाएको ४५ गोलको रेकर्ड भने पूरा गर्न सकेन। बायर्नले यसअघि सन् १९७४, १९७५, १९७६, २००१ र २०१३ मा पनि च्याम्पियन्स लिगको उपधि जितेको थियो।

च्याम्पियन्स लिग सकिएसँगै यो सिजनका सबै पुरुष युरोपियन फुटबल प्रतियोगिता सकिएका छन्।

प्रकाशित: Aug 24, 2020| 05:44 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।