बुधबार, चैत ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएलमा सहभागी हुने विदेशी खेलाडीलाई क्वारेन्टिनबाट बच्न बीसीसीआईको यस्तो सर्त

आईपीएलमा सहभागी हुने विदेशी खेलाडीलाई क्वारेन्टिनबाट बच्न बीसीसीआईको यस्तो सर्त

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले अन्य प्रतियोगिता खेलेर आईपीएलमा सहभागी हुने विदेशी खेलाडीलाई क्वारेन्टिनमा नराख्न सकिनेसहितको सर्त ल्याएको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

नयाँ दिल्ली– संयुक्त अरब इमिरेट्स (युएई)मा हुने इन्डियन प्रिमियर लिग (आईपीएल)मा सहभागी हुने विदेशी खेलाडी क्वारेन्टिनबाट बच्न सक्ने भएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले अन्य प्रतियोगिता खेलेर आईपीएलमा सहभागी हुने विदेशी खेलाडीलाई क्वारेन्टिनमा नराख्न सकिनेसहितको सर्त ल्याएको छ।

National life

बीसीसीआईको कोरोना गाइडलाइन्सका अनुसार विदेशी खेलाडी युएई पुगेपछि सात दिन क्वारेन्टिनमा बस्नुपर्ने छ। तर, उनीहरु ‘बायो सेक्योर बबल’मा नै रहे क्वारेन्टिनमा बस्नु पर्ने छैन।

क्वारेन्टिनबाट बच्नका लागि नियम बनाइए पनि खेलाडीलाई क्वारेन्टिनमा राख्ने/नराख्ने निर्णय गर्ने अधिकार फ्रेन्चाइज क्लबमा रहने छ।

सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म आयोजना हुने आईपीएलमा अस्ट्रेलियाका १७ र इंग्ल्यान्डका १३ खेलाडी सहभागी हुने छन्।

सेप्टेम्बर ४ बाट इंग्ल्यान्डमा हुने तीन तीन खेलको टी–२० र एक दिवसीय शृंखला सेप्टेम्बर १५ मा सकिने छ। त्यसको चार दिनपछि आईपीएल सुरु हुन्छ।

Laxmi sunrise bank
kumari

खेलाडीलाई क्वारेन्टिनमा राख्दा फ्रेन्चाइज खेलाडीले खेल छोड्नुपर्ने हो कि होइन भन्नेबारे बीसीआईले निर्णय गरेको छैन। क्वारेन्टिनमा बसेका खेलाडी खेल्न नपाउनु उसका लागि घाटा हो।

विश्वका चर्चित स्टिभ स्मिथ, डेबिड वार्नर, बेन स्टोक्स, जोफ्रा आर्चर, राशिद खान, आन्द्रे रसेलजस्ता खेलाडी एक खेलमा उपस्थित नहुनु क्लबका लागि ठूलो घाटा हो।

यता क्यारेबियन प्रिमियर लिग(सीपीएल) सेप्टेम्बर १० मा सकिने छ। त्यहाँबाट आउने खेलाडी केही दिन ढिलो गरि आएमा खेल गुमाउन सक्ने छन्।

प्रतियोगिताको यही भावना बुझेर बीसीसीआईले वैकल्पिक नियमको व्यवस्था गर्ने भएको हो। क्वारेन्टिनका लागि वैकल्पिक व्यवस्था भए पनि खेलाडीको कोरोना परीक्षण भने अनिवार्य हुने छ। खेलाडी बीसीसीआईको नियमको पालना गर्दै बायो सेक्योर बबलबाट बाहिर ननिस्किए सिधै आफ्नो फ्रेन्चाइज क्लबसँग जोडिन सक्ने छ। तर, युएई पुग्नेबित्तिकै उसको कोरोना परीक्षणचाहिँ गरिने छ।

बीसीसीआईको नियम अनुसार फ्रेन्चाइज खेलाडीले स्पेसल चार्टर फ्लाइट बुक गरेर युएई जानुपर्ने छ। यसका लागि स्पेसल पास मिलाउनु पर्ने छ, जसले गर्दा उनीहरू एयरपोर्टबाट सीधै होटेलमा आउन सक्ने छन्। त्यहाँ कोरोना परीक्षण हुने छ। र, कोरोना रिपोर्ट नेगेटिभ आउनु पर्ने छ।

यात्राको समयमा पनि बायो सेक्योर बबलको नियम पालना गर्नुपर्ने हुन्छ। यदि आईपीएल गभर्निङ काउन्सिल सन्तुष्ट नभएमा खेलाडीले सात दिन क्वारेन्टिनमा बस्नु पर्ने छ।

प्रकाशित: Aug 23, 2020| 19:41 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।