सोमबार, असार २९, २०८३

रियल मड्रिडका लागि एम्बाप्पे उत्तम विकल्प : रोनाल्डो

ब्राजिलका पूर्व खेलाडी रोनाल्डो नजारियोले स्पेनिस च्याम्पियन रियल मड्रिडका लागि फ्रेन्च फरवार्ड केलियन एम्बाप्पे उत्तम विकल्प भएको बताएका छन्।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

एजेन्सी- ब्राजिलका पूर्व खेलाडी रोनाल्डो नजारियोले स्पेनिस च्याम्पियन रियल मड्रिडका लागि फ्रेन्च फरवार्ड केलियन एम्बाप्पे उत्तम विकल्प भएको बताएका छन्।

उनले एम्बाप्पेमा लगानी गरे रियलले राम्रो प्रतिफल पाउने पनि बताएका छन्।

अहिले युरोपमा ट्रान्फर विन्डो चलिरहेको छ। ट्रान्फर विन्डोमा खेलाडीको आदानप्रदान ठूलो संख्या र ठूलो रकममा हुने गरेको छ। ट्रान्सफरको सयमसँगै च्याम्पियन्स लिगका खेल पनि सञ्चालन भइरहेका छन्। च्याम्पियन्स लिगमा क्वार्टरफाइनलबाटै बाहिरिएको रियल मड्रिडले भने २०२०/२०२१ सिजनका लागि केही नयाँ खेलाडीको खोजी गरिरहेको छ।

यसै सन्दर्भमा रहेर रोनाल्डोले पेरिस सेन्ट जर्मेनका खेलाडी एम्बाप्पेलाई लस ब्लान्कोसमा अनुबन्ध गराउनुपर्नेमा जोड दिए। यता, पूर्व बार्सिलोना खेलाडी नेयमार पनि रियलमा अुनबन्ध हुने समाचार बाहिरीरहेका थिए। उनी भने २०१७ मा नै विश्वरेकर्ड २२० मिलियन युरोमा फ्रेन्च क्लब गएका थिए।

सन् २००२/२००३ का ला लिग विजेता रोनाल्डोले अहिलेका लागि एम्बाप्पे नै क्लबका लागि उपयुक्त भएको बताएका हुन्। ‘अहिले, कोभन्दा को राम्रो भन्ने अवस्था छैन। यदि रियल मड्रिडले ठूलो लगानी गर्ने सोच बनाएको भए उनीहरुले भविष्यको बारेमा सोच्नुपर्छ,’ उनले ला लिगाको एक भर्चुअल कन्फ्रेन्समा भने।

उनले थपे, ‘नेयमार २८ वर्षका भए, एम्बाप्पे मात्र २१ वर्षका हुन्। त्यसैले लगानीका हिसाबले युवा खेलाडी ल्याउनु नै धेरै लजिकल हुन्छ।’
अहिले एम्बाप्पे र नेयमार दुबै खेलाडी च्याम्पियन्स लिगको फाइनल तयारीमा छन्। पहिलोपटक फाइनल पुगेको पीएसजीले आज राति बायर्न म्युनिखको समना गर्दैछ।

नेयमारले जारी यो सिजको घरेलु लिग १, कोप डि फ्रान्स, कोप डि ला लिग र ट्रोफी डेस च्याम्पियन २०१९/२० जितिसकेको छ।

‘उनले अब च्यापियन्स लिग जितेमा उनको यो जिन सफल हुनेछ,’ रोनाल्डोले भने, ‘उनले अन्तिम केही खेलमा राम्रो गरेका छन्। पोर्चुगलको फाइनल खेलहरुमा। उनले धेरै स्कोरिङका अवसर बनाए तर पनि गोल भने हुन सकेन। सायद उनले फाइनलमा गोल गर्नेछन्।’

प्रकाशित: Aug 23, 2020| 16:50 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।