बुधबार, चैत ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पीएसजी भर्सेज बायर्न : कसले बनाउला च्याम्पियन्स लिगमा नयाँ इतिहास ?

पीएसजी भर्सेज बायर्न : कसले बनाउला च्याम्पियन्स लिगमा नयाँ इतिहास ?

पीएसजी च्याम्पियन्स लिग फाइनलमा पुग्ने ४१ औं टिम हो। ऊ पहिलो पटक फाइनल पुगेको हो र पहिलो पटक फाइनल पुगेका अन्तिम ६ टिमले उपाधि जितेका छैनन्।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

पीएसजी च्याम्पियन्स लिग फाइनलमा पुग्ने ४१ औं टिम हो। ऊ पहिलो पटक फाइनल पुगेको हो र पहिलो पटक फाइनल पुगेका अन्तिम ६ टिमले उपाधि जितेका छैनन्।

National life

काठमाडौं– युरोपको शीर्ष क्लब प्रतियोगिता ‘यूईएफए च्याम्पियन्स लिग’को फाइनल खेल आज (आइतबार) राति पौने १ बजे हुँदैछ। जसमा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी)ले उपाधिका लागि संघर्ष गर्दैछन्।

स्थापनाको ५० वर्षपछि पहिलोपटक फाइनल पुगेको पीएसजी नयाँ इतिहास कायम गर्ने दौडमा हुनेछ। साथै १० पटक फाइनल खेलेर पाँच पटक विजेता बनेको बायर्न छैटौं विजयको दौडमा हुनेछ।

कोरोना महामारीका कारण छोटो बनाइएको प्रतियोगितामा क्वार्टरफाइनल यताका सबै खेल पोर्चुगलको राजधानी लिस्बनमा सारिएका छन्। जहाँ न्युट्रल भेन्यूमा सिंगल लेगका खेल भइरहेका छन्।

क्वार्टरफाइनलमा स्पेनिस क्लब बार्सिलोनालाई ८–२ गोलअन्तरले हराउँदै सेमीफाइनल पुगेको बार्यनले अन्तिम ४ मा लियोनलाई ३–० ले हराएर फाइनल प्रवेश गरेको हो।

Laxmi sunrise bank
kumari

यता, क्वार्टरफाइनलमा एलटान्टाविरुद्ध २–१ को संघर्षपूण जित निकालेको पीएसजीले सेमीफाइनलमा लाइप्जिकलाई ३–० गोलअन्तरले हराएको थियो।

आजको खेलमा पीएसजीका नेयमार र केलियन एम्बाप्पे केन्द्रमा रहने छन् भने बायर्नका रोबर्ट लेबान्डोस्की, थोमस मुलर र फिलिप काउटिन्हो दर्शकको ध्यानमा हुनेछन्।

युरोपका फुटबल पण्डितहरुले बायर्नलाई युरोपकै बेस्ट टिम भनेका छन्। त्यसैले आजको खेललाई बेस्ट टिमविरुद्ध बेस्ट प्लेयरहरुको खेलसमेत भनिएको छ। किनभने अहिले नेयमार र एम्बाप्पेलाई बेस्ट प्लेयरमा गनिँदै आएको छ।

‘नेयमार असम्भवबाट नजिकका कामहरु गर्न सक्ने खलाडी हुन्। उनी आफ्नै तरिकाले खेलन जित्न सक्छन्,’ स्पेनका फुटबल विज्ञ गुलिलेम बलाग्वेले भने।

च्याम्पियन्स लिगमा पीएसजी र बायर्नको विगत

१. च्याम्पियन्स लिगमा बायर्न म्युनिख र पीएसजी समूह चरणका आठ खेलमा भेट भएका छन्। जसमा पीएसजीले पाँच जित निकालेको छ भने बायर्नले तीन पटक जितेको छ।

२. पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनल र तेस्रो युरोपियन लिग फाइनल पुगेको हो। ऊ च्याम्पियन्स लिग फाइनल पुग्ने ४१ औं टिमसमेत हो। र, पहिलो पटक फाइनल पुगेका अन्तिम ६ टिमले जित निकाल्न सकेका छैनन्।

१९९७ मा पहिलो पटक फाइनल पुगेर जित्ने टिम जर्मनको बोरुसिया डर्टमुन्ड अन्तिम टिम हो। उसले युभेन्टसलाई हराउँदै पहिलो फाइनल जितेको थियो। त्यसपछि पहिलोपटक फाइनल पुगेका टिमले जित निकाल्न सकेका छैनन्।

३. बायर्न म्युनिख ११ औं पटक युरोपियन लिग–च्याम्पियन्स लिग फाइनल पुगेको हो। ऊभन्दा धेरै पटक फाइनल खेल्ने टिम रियल मड्रिड (१६) मात्र हो।

३. बायर्न म्युनिख धेरैपटक च्याम्पियन्स लिग जित्नेमध्ये चौथो टिम हो। उसले पाँच पटक लिग जितेको छ। ऊ भन्दा अघि रियल (१३ पटक), एसी मिलान (७) र लिभरपुल (६) छन्।

४. पीएसजीले यसअघि १९९६ र १९९७ मा कप विनर्स कपको फाइनल खेलेको थियो। जुन युरोपियन उच्च स्तरको प्रतिस्पर्धा हो।

५. बायर्न म्युनिखले च्याम्पियन्स लिगको जारी सिजनका १० खेलमा ४२ गोल गरेको छ। च्याम्पियन्स लिग इतिहासमा एक सिजनमा एउटै टिमले गरेको दोस्रो धेरै गोल हो। यसअघि १९९९–२००० मा बार्सिलोनाले एकै सिजन ४५ गोल गरेको थियो। त्यो सिजनमा उसले १६ खेलमा सहभागीता जनाएको थियो।

आज रातिको फाइनल खेल लिस्बनको स्टेडियो डा लुजमा हुनेछ।

प्रकाशित: Aug 23, 2020| 14:21 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।