बुधबार, चैत ११, २०८२

कुन उमेरका व्यक्तिले कस्तो मास्क लगाउने ? डब्ल्यूएचओले दियो यस्तो गाइडलाइन

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले १२ वर्षमाथिका बालबालिकाहरूले पनि वयस्कहरुले जस्तै अनिवार्य रुपमा मास्क लगाउन भनेको छ ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले १२ वर्षमाथिका बालबालिकाहरूले पनि वयस्कहरुले जस्तै अनिवार्य रुपमा मास्क लगाउन भनेको छ ।

National life

१२ वर्षभन्दा माथिकालाई मास्क लगाउने विषयमा नयाँ नियम जारी गर्दै डब्ल्यूएचओले यस्तो बताएको हो ।

जुन–जुन देशमा जे–जे नियम वयस्कहरुमा लागु भएको छ, त्यही नियम १२ वर्षदेखि माथिका बालबालिकाहरुलाई पनि लागु गर्न डब्ल्यूएचओले भनेको छ ।

यस्तै ५ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई मास्क नलगाइदिन अनुरोध गरेको छ ।

यसैगरी ६ देखि ११ वर्षका बालबालिकाहरूले भने मास्क लगाउन सक्ने जनाएको छ। उनीहरुलाई मास्क कसरी लगाउने र कसरी निकाल्ने भन्ने कुरा राम्रोसँग सिकाउन संगठनले अभिभावकहरूलाई आग्रह गरेको छ।

Laxmi sunrise bank
kumari

विश्व स्वास्थ्य संगठनले बालबालिकाहरुले कोरोना भाइरस संक्रमण कति फैलाउँछन् भन्ने अझै स्पष्ट भइसकेको छैन तर उनीहरुबाट पनि कोरोना संक्रमण फैलिने जनाएको छ ।

साथै संगठनले ६० वर्षभन्दा कम उमेरकालाई कपडाको मास्क लगाउन सुझाव दिएको छ। तर ६० वर्षभन्दा माथि र अन्य कुनै रोग भएकाहरुले भने मेडिकल मास्क लगाउनुपर्ने संगठनले जनाएको छ।

प्रकाशित: Aug 23, 2020| 07:53 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्