सोमबार, भदौ २२, २०८३

धुलिखेलमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला

काभ्रे- काभ्रेपलाञ्चोकको धुलिखेलमा शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रयोगमा आएको छ ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

काभ्रे- काभ्रेपलाञ्चोकको धुलिखेलमा शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रयोगमा आएको छ ।

कोरोनाको सङ्क्रमणदर बढ्दै गएको अवस्थामा सो रोगको परीक्षणका लागि स्थापना गरिएको प्रयोगशालाको अवस्थाबारेमा वाग्मती प्रदेश सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी लिएका छन्।

सो क्रममा मन्त्री दुलालले काभ्रेपलाञ्चोकलगायत आसपासका जिल्लामा सेवा कार्यालय स्थापना गर्ने सरकारको नीतिअनुसार प्रादेशिक प्रयोगशाला धुलिखेलमा स्थापना गरिएको बताए । स्थापना भएको प्रयोगशालाबाट विभिन्न रोगको परीक्षण र पहिचान गर्न सकिने गरी काम अगाडि बढाइएको उनले बताए ।

प्रादेशिक जनस्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य निर्देशक नारायण कार्कीले शनिबारदेखि परीक्षण मेशिन चलेको बताए। काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लालाई समेट्ने गरी स्थापना भएको प्रयोगशालामा दैनिकरूपमा ५०० भन्दा बढीको परीक्षण गर्न सकिने निमित्त निर्देशक कार्कीले बताए। प्रयोगशालामा सात जनशक्तिले सेवा दिने जनाइएको छ ।

मेशिन सञ्चालनमा आए पनि स्वाब परीक्षणका लागि नमूना सङ्कलन आजदेखि मात्रै हुने कार्कीले बताए। वाग्मती प्रदेश सरकारकोे प्रदेश राजधानी हेटौंडामा भए पनि प्रादेशिक केन्द्रीय प्रयोगशाला धुलिखेलमा स्थापना भएको उनले बताए।

जनस्वास्थ्य प्रयोगशालाका लागि हाललाई नगरपालिकाले भवनको व्यवस्थापन गरेको र बाँकी पूर्वाधार नगरपालिका र प्रदेश सरकारको साझेदारीमा भएको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले बताए। त्यसलाई थप व्यवस्थित बनाउनका लागि नगरपालिकाले जग्गाको व्यवस्थापन गर्ने र भवन निर्माणको काम प्रदेश सरकारले गर्ने भएको उनले बताए।

प्रकाशित: Aug 23, 2020| 06:57 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।