सोमबार, भदौ २२, २०८३

सरकारले पारमाणविक अनुसन्धान केन्द्र स्थापना गर्ने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकमा पारमाणविक अनुसन्धान केन्द्र तथा बहुविधागत प्रयोगशालाको स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कार्य अगाडि बढाइएको बताएका छन्।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकमा पारमाणविक अनुसन्धान केन्द्र तथा बहुविधागत प्रयोगशालाको स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कार्य अगाडि बढाइएको बताएका छन्।

नेपाल फिजिकल सोसाइटीको एनपिस स्कूल अफ एड्भान्सड कम्प्युटिङको शनिबार उद्घाटन गर्दै उनले विज्ञान प्रविधि तथा नवपर्वतन नीति, २०७६, रेडियोधर्मी पदार्थको (नियमन तथा उपयोग) सम्बन्धी ऐन, २०७७ का आधारमा कीर्तिपुरस्थित बिपी कोइराला विज्ञान सङ्ग्रहालय अब्जरभेटरी तथा प्लानेटोरियमको सञ्चालन, विधि विज्ञान प्रयोगशालाको प्रदेशस्तरमा विस्तार पनि गरिने जनाए।

मन्त्री पोखरेलले स्थानीय तहमा प्राविधि शिक्षा विस्तार भइरहेको र विज्ञान तथा प्रविधिको एक विशिष्टकृत विश्वविद्यालयको रूपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना कार्य अघि बढेको पनि जानकारी दिए। रासस

प्रकाशित: Aug 22, 2020| 20:55 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।