काठमाडौं- चितवनको राप्ती नगरपालिकामा खोलाले बगाएर बालिकाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार शुक्रबार दिउँसो किलिपी खोलाले बगाएर राप्ती नगरपालिका-१३ की १२ वर्षीया सम्झना प्रजाको ज्यान गएको हो।
शुक्रबार दिउँसो खोला तर्ने क्रममा बालिका बगेको प्रहरीले जनाएको छ। बालिकाको शव भने शुक्रबार अबेर राति भेटिएको थियो।