सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाग्मतीमा कोरोना संक्रमितको संख्या ४३२१, निको हुने ७४३

बाग्मतीमा कोरोना संक्रमितको संख्या ४३२१, निको हुने ७४३

बाग्मती प्रदेशमा आज (शनिबार) थप २८७ जनामा कोरोना संक्रमण देखिएसँगै कूल संक्रमितको संख्या चार हजार ३२१ पुगेको छ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

काठमाडौं– बाग्मती प्रदेशमा आज (शनिबार) थप २८७ जनामा कोरोना संक्रमण देखिएसँगै कूल संक्रमितको संख्या चार हजार ३२१ पुगेको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आज काठमाडौंमा १६०, भक्तपुरमा ५०, मकवानपुरमा ३२, चितवनमा २७, ललितपुरमा ६, दोलखामा चार, काभ्रेपलाञ्चोकमा तीन, नुवाकोट तथा धादिङमा दुई/दुई र सिन्धुलीमा एक जना संक्रमित भएका छन्।

प्रदेशमा ७४३ जना कोरोनामुक्त भएका छन् भने तीन हजार ५४७ जना अझै उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रदेशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।

 

प्रकाशित: Aug 22, 2020| 19:49 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।