सोमबार, भदौ २२, २०८३

नागरिकलाई कान समातेर उठबस नगराउन बारको अपील

कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एसोसिएसनले जारी निषेधाज्ञाको बेला बाहिर निस्केका व्यक्तिप्रति अमानवीय व्यवहार नगर्न प्रहरीलाई सचेत गराएको छ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

काठमाडौं– कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एसोसिएसनले जारी निषेधाज्ञाको बेला बाहिर निस्केका व्यक्तिप्रति अमानवीय व्यवहार नगर्न प्रहरीलाई सचेत गराएको छ।

बारको मानव अधिकार तथा जनसरोकार समितिले शनिबार विज्ञप्ति प्रकाशित गरी बाहिर निस्केका व्यक्तिलाई पक्राउ गरेर घन्टौंसम्म थुनेर राख्नु, कान समाएर उठबस गर्न लगाउनु, विभिन्न आसनमा हिँड्न लगाउनु अमानवीय र गैरकानुनी भएको जनाएको छ।

प्रहरीले नागरिकलाई गर्ने यस्तो कार्य गैरकानुनी र अमानवीय तथा नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकविरुद्ध रहेको समितिले जनाएको छ। अमानवीय कार्यप्रति ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा नागरिकको बाँच्न पाउने अधिकार हनन् नगर्न आग्रहसमेत गरिएको छ।

“कोरोना महामारी रोकथामका लागि जारी निषेधाज्ञा पालना गर्नु नागरिकको कर्तव्य हो। तर, सम्मानपूर्वक बाँच्न पाउने हक सर्वोपरी हक भएकाले निषेधाज्ञामा त के संकटकालमा पनि हरण गर्न पाइँदैन,” विज्ञप्तिमा भनिएको छ।

निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रचलित कानुन तथा संवैधानिक व्यवस्था र अन्तर्राष्ट्रिय मानवीय मूल्य मान्यता विपरीतका यस्ता क्रियाकलाप नगर्न प्रहरी तथा तीन वटै तहका सरकारलाई विज्ञप्तिमा अपीलसमेत गरिएको छ।

निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले घन्टौं सडकमा उभ्याउने तथा कान समातेर उठबस गराइरहेको छ।

प्रकाशित: Aug 22, 2020| 19:23 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।