काठमाडौं- गण्डकी प्रदेशमा शनिबारसम्म ८६ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
कुल एक हजार ८६८ जना संक्रमितमध्ये एक हजार ६११ जना संक्रमणमुक्त भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या २५० छ। प्रदेशमा कोरोना संक्रमणबाट सात जनाको ज्यान गएको छ।
पर्वतमा १०७ संक्रमितमध्ये ९८ जना निको भएर घर फर्किएका छन्। सात जना सक्रिय संक्रमित छन्।
यस्तै म्याग्दीमा ४८ जना संक्रमित भएकामा सबै निको भएका छन्।
बाग्लुङमा संक्रमित २८० मध्ये २६० निको भएर घर फर्किएका छन्। जिल्लामा सक्रिय संक्रमितको संख्या १९ छ भने एक जनाको निधन भएको छ।
स्याङ्जामा संक्रमित ३०९ जनामध्ये २८५ जना कोरोनामुक्त भएका छन्। अहिले २२ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ भने दुई जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।
नवलपरासीपूर्वमा ३७८ जना संक्रमितमध्ये अब ५२ जना निको हुन बाँकी छ। ३२६ जनाले कोरोना जितेको निर्देशनालयले जनाएको छ।
मुस्ताङमा कोरोना संक्रमित एक जना निको भइसकेका छन्।
कास्कीमा २८३ संक्रमितमध्ये १७७ जना उपचारपछि घर फर्किएका छन्। १०४ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्लामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई छ।
निर्देशनालयका अनुसार मनाङमा संक्रमित तीनमध्ये दुईजना आइसोलेसनमा छन्। एकजना संक्रमणमुक्त भएका छन्।
लमजुङमा सक्रिय संक्रमितको संख्या पाँच छ। जिल्लामा ११६ जना संक्रमित भएकामा १११ जनालाई निको भएको छ।
गोरखामा संक्रमित एक जनाको मृत्यु भयो भने ११८ संक्रमितमध्ये ११६ जना घर फर्किएका छन्। सक्रिय संक्रमितको संख्या एक छ।
तनहुँमा २२७ संक्रमितमध्ये १८८ जना कोरोनामुक्त भएका छन्। एकजनाको मृत्यु भएको छ भने ३८ जना आइसोलेसनमा छन्।