सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अछाममा बाढीमा बेपत्ता एक जनाको शव भेटियो, १० अझै बेपत्ता

अछाममा बाढीमा बेपत्ता एक जनाको शव भेटियो, १० अझै बेपत्ता

अछामको रामारोशन गाउँपालिका-५ मा भदौ २ गते राति कैलाश खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकामध्ये थप १ जनाको शव भेटिएको छ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

अछाम- अछामको रामारोशन गाउँपालिका-५ मा भदौ २ गते राति कैलाश खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकामध्ये थप १ जनाको शव भेटिएको छ।

बेपत्ता भएका भएका ११ जनामध्ये एक जनाको शब शनिबार वडा नम्बर ५ र ६ जोड्ने झोलुंगे पुलमा भेटिएको अछाम प्रहरीले जनाएको छ।

उक्त शव नन्दु साउदका छोरा १९ वर्षीय रपेश साउदको भएको पुष्टि भएको प्रहरीले जनाएको छ। उक्त शव मृतकका ठूलो बुवा अम्मर साउदले बुझेका छन्।

शबको केही भाग स्थानीयले देखेपिछ प्रहरीलाई खबर गरेका थिए।

नन्दु साउँदको ७ जनाको परिवार सबै बाढीले बगाएको छ। बाढीबाट १७ जना बेपत्ता भएका थिए जसमध्ये ६ जनाको शव यसअघि नै फेला परिसकेको थियो। बाढी सैनीबजारका २२ घर बगाएको छ।

प्रकाशित: Aug 22, 2020| 18:38 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।