बिहीबार, वैशाख ३१, २०८३

अभिनेत्री नीता ढुंगानाको स्वरमा गणेश भजन सार्वजनिक

अभिनेत्री नीता ढुङ्गानाको पहिलो सांगीतिक कोशेली गणेश भजन सार्वजनिक भएको छ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

काठमाडौं- अभिनेत्री नीता ढुङ्गानाको पहिलो सांगीतिक कोशेली गणेश भजन सार्वजनिक भएको छ।

National life

शनिबार गणेश चतुर्थीको अवसर पारेर नीताले आफ्नो अफिसियल युट्युब च्यानल 'नवनीता इन्टरटेन्मेन्ट' मार्फत् सार्वजनिक गरेकी हुन्।

सार्वजनिक भजनमा अभिनेत्री नीताको स्वर र दिनेश न्यौपानेको संगीत छ।

भिडियोको निर्देशन तथा कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्। संजय लामाको सिनेमाटोग्राफी रहेको भिडियोलाई बनिश शाहले सम्पादन गरेका हुन्।

नीता फिल्मस्को ब्यानरमा पहिलो प्रस्तुतिको रुपमा निर्माण गरिएको भजन ठूलो बजेटमा तयार गरिएको हो। एक साताअघि भव्य सेट निर्माण गरेर छायाँकन गरिएको भिडियोमा प्रस्तुत गरिएको गणेशको मूर्तीलाई नै लाखौं लगानी गरिएको बताइएको छ।

पहिलो गीत नै भजन किन भन्ने प्रश्नमा नीताले भनिन्, ‘हिन्दु धर्म र भक्तिभावमा मेरो बच्चादेखिको सौख हो, गणेश भगवानको अनुयायी भएको कारण पनि गायन यात्रा यहीँबाट सुरु गरेँ।’

उनले हिन्दु संस्कारअनुसार प्रायः काम सुरु गर्दा गणेशको पूजा गरिँदै आएको स्मरण गर्दै सोहीअनुसार आफूले पनि गणेश भगवानको नामबाट नै नयाँ यात्रा सुरु गरेको बताइन्।

 

प्रकाशित: Aug 22, 2020| 16:20 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्