बुधबार, चैत ४, २०८२

सेभियालाई छैटौंपटक युरोपा लिगको उपाधि

स्पेनिस क्लब सेभियाले सर्वाधिक छैटौं पटक यूईएफए युरोपा लिगको उपाधि जितेको छ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

जर्मनी– स्पेनिस क्लब सेभियाले सर्वाधिक छैटौं पटक यूईएफए युरोपा लिगको उपाधि जितेको छ।

National life

शुक्रबार रातिको फाइनल खेलमा उसले इटालियन क्लब इन्टर मिलानलाई ३–२ गोलले हराउँदै उपाधि जितेको हो।

सेभियाको जितका लागि लुक डे जोङले २ गोल गरे भने रोमेलु लुकाकुले आत्मघाती गोल गर्दै सेभियालाई गोल उपहार दिलाए।

खेलको पाँचौं मिनेटमै लुकाकुले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए। तर १२ औं मिनेटमा सेभियाका डि जोङले गोल गर्दै खेल बराबरीमा ल्याए। डि जोङले नै ३३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर सेभियालाई अग्रतामा ल्याए। तर अग्रता धेरै समय टिकेन। इन्टरका डियगो गोडेनले ३५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

पहिलो हाफ २–२ गोलको बराबरीमा रोकियो। तर दोस्रो हाफको ७४ औं मिनेटमा इन्टरका लुकाकुले लज्जास्पद आत्मघाती गोल गरे। उनले पोस्ट बाहिरको दिशामा गइरहेको गोेल पनि आफ्नै पोस्टतर्फ फर्काएर सेभियालाई गोल उपहार दिए।

Laxmi sunrise bank
kumari

सो गोलपछि फेरि इन्टर खेलमा फर्कन सकेन। यसका साथै सेभियाले ३–२ गोल अन्तरले खेल जित्यो।

उसले युरोपा लिगमा ऐतिहासिक छैटौं जित निकालेको छ। यसअघि उसले सन् २००६, २००७, २०१४, २०१५ र २०१६ मा पनि जित लिग जितेको थियो। सबैभन्दा धेरै ६ पटक युरोपा लिग जित्ने एकमात्र टिम पनि सेभिया नै हो।

यता इन्टर मिलान भने पाँच पटक फाइनलमा पुग्दा तीन पटक विजेता र दुई पटक उपविजेता बनेको छ।

प्रकाशित: Aug 22, 2020| 06:38 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।