बुधबार, कात्तिक १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुस निर्वाचन: राष्ट्रपति पुटिनको पार्टीलाई बहुमत, धाँधली गरेको विपक्षीको आरोप

रुस निर्वाचन: राष्ट्रपति पुटिनको पार्टीलाई बहुमत, धाँधली गरेको विपक्षीको आरोप

रुसमा भएको संसदीय निर्वाचनमा राष्ट्रपति भलाद्‌मीर पुटिनको पार्टीले बहुमत प्राप्त गरेको छ। सम्पूर्ण मत गणना सकिएसँगै पुटिनको युनाइटेड रसिया पार्टीले ५० प्रतिशत मत प्राप्त गरेको छ।
 |  सोमबार, असोज ४, २०७८

बीबीसी

बीबीसी

सोमबार, असोज ४, २०७८

मस्को- रुसमा भएको संसदीय निर्वाचनमा राष्ट्रपति भलाद्‌मीर पुटिनको पार्टीले बहुमत प्राप्त गरेको छ। सम्पूर्ण मत गणना सकिएसँगै पुटिनको युनाइटेड रसिया पार्टीले ५० प्रतिशत मत प्राप्त गरेको छ। 

Kumaribank

यो समर्थन अघिल्लो निर्वाचनको भन्दा केही कम भएको बीबीसीले जनाएको छ। पुटिनका कट्टर आलोचकलाई भने निर्वाचनमा सहभागी हुन प्रतिबन्ध लगाइएको थियो। 

बीबीसीका अनुसार विपक्षीहरुले मतपेटिका साटेको र जबरजस्ती मतदान गरेर धाँधली गराएको आरोपसमेत लगाएका छन्। तर, रुसको निर्वाचन आयोगले भने मतदान निष्पक्ष भएको र धाँधली नभएको स्पष्ट पारेको छ। 

निर्वाचन आयोगका अनुसार विपक्षी दल कम्युनिस्ट पार्टीलाई १९ प्रतिशत मत प्राप्त भएको छ। युनाइटेड रिसियाको बहुमतको अर्थ संसद्‌मा रहेको ४५० सिटमध्ये करिब दुई तिहाइ बहुमत प्राप्त गरेको छ। 

युनाइटेड रसिया पार्टीले सन् २०१६ मा ५४ प्रतिशत मत प्राप्त गरेको थियो।

Metro Mart

प्रकाशित: Sep 20, 2021| 22:17 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।