बुधबार, चैत ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • काठमाडौं तेक्वान्दो संघले २ सय डोजाङ प्रमुखको कोरोना बीमा गरिदिने

काठमाडौं तेक्वान्दो संघले २ सय डोजाङ प्रमुखको कोरोना बीमा गरिदिने

जिल्ला तेक्वान्दो संघ काठमाडौंले २०० जना डोजाङ प्रमुखको कोरोना बीमा गरिदिने भएको छ।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

काठमाडौं– जिल्ला तेक्वान्दो संघ काठमाडौंले २०० जना डोजाङ प्रमुखको कोरोना बीमा गरिदिने भएको छ।

National life

काठमाडौं जिल्लामा रहेका विभिन्न तेक्वान्दो डोजाङका २०० जना डोजाङ प्रमुखको बीमा गरिदिने काठमाडौं जिल्ला अध्यक्ष अशोक खड्काले बताएका छन्।

जिल्ला संघको बिहीबार बसेको अनलाइन बैठकले उक्त निर्णय गरेको अध्यक्ष खड्काले जानकारी गराए। ‘प्रत्येकको ५० हजारका दरले बीमा गर्न लागिएको हो। त्यसमा ५० प्रतिशत खर्च जिल्ला संघ आफैले व्यहोर्ने छ,’ खड्काले भने। बीमाको बाँकी खर्च सगरमाथा तेक्वान्दो डोजाङका प्रशिक्षक धीरज गुरुङले प्रायोजन गर्ने भएका छन्।

जिल्ला संघले यही अगष्ट २९ र ३० तारिखमा प्रथम काठमाडौं भर्चुअल तेक्वान्दो प्रतियोगिता (पुम्से) पनि आयोजना गर्दैछ।

प्रकाशित: Aug 21, 2020| 17:59 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।