सोमबार, असार २९, २०८३

आईपीएलमा सहभागी हुन भारतीय टिम यूएई जाँदै

यूएईमा आगामी सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म हुने १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा सहभागी हुन भारतीय क्रिकेट टिम यूएई प्रस्थान सुरु गरेको छ।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

काठमाडौं– यूएईमा आगामी सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म हुने १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा सहभागी हुन भारतीय क्रिकेट टिम यूएई प्रस्थान सुरु गरेको छ।

भारतीय टिममध्ये किंग्स इलेवेन पञ्जाब, कोलकत्ता नाइट राइडर्स र राजस्थान रोयल्स यूएई पुगिसकेका छन्। आथै आज मुम्बई इन्डियन्स, चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोर जाने भएका छन्।

चेन्नई सुपर किंग्सले सामाजिक सञ्जाल ट्वीटरमा कप्तान महेन्द्रसिंह धोनीसहित खेलाडीको फोटो राख्दै आज प्रतियोगिता स्थलतर्फ जान लागेको बताएको हो।

राजस्थान रोयल्सले बिहीबार सबै खेलाडी आइनपुगेको भए पनि अधिकांश खेलाडी यूएई पुगेको बताएको छ। उनीहरु पर्सनल प्रोटेक्टिङ इक्युपमेन्ट (पीपीई) लगाएरै यूएई पुगेका थिए।

उसले बीसीसीआईको कोभिड–१९ प्रोटोकल पालना गर्दै विमानस्थलबाट सिधै होटेल प्रवेश गरेको बताएको छ। यूएई पुगेका खेलाडी अब ६ दिनका लागि क्वारेन्टिनमा हुनेछन्। त्यसबीच उनीहरुको तीन पटक कोरोना परीक्षण हुनेछ। त्यसपछि उनीहरु अभ्यासमा सहभागी बन्न पाउने छन्।

प्रकाशित: Aug 21, 2020| 17:56 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।