मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • उत्तर कोरियाले भन्‍यो - ओकस सम्झौता आणविक हतियारको प्रतिस्पर्धा सुरु गर्‍यो

उत्तर कोरियाले भन्‍यो - ओकस सम्झौता आणविक हतियारको प्रतिस्पर्धा सुरु गर्‍यो

उत्तरी कोरियाली नेता किम जोङ उनले अस्ट्रेलिया, बेलायत र अमेरिका (ओकस) बीच भएको रक्षा सम्झौताले आणविक हतियारको प्रतिस्पर्धा सुरु गरेको बताएका छन्।
 |  मंगलबार, असोज ५, २०७८

बीबीसी

बीबीसी

मंगलबार, असोज ५, २०७८

प्योङयाङ- उत्तरी कोरियाले अस्ट्रेलिया, बेलायत र अमेरिका (ओकस) बीच भएको रक्षा सम्झौताले आणविक हतियारको प्रतिस्पर्धा सुरु गरेको बताएका छन्।

उत्तर कोरियाको विदेश मन्त्रालयका अधिकारीले ओकस सम्झौताले एसिया-प्यासिफिक क्षेत्रको रणनीतिक सन्तुलनलाई खल्बलाएको बताएका छन्। 

उक्त सम्झौता अनुसार अमेरिका र बेलायतले अस्ट्रेलियालाई आणविक हतियार प्रविधि निर्माणका लागि सहयोग गर्ने भएका छन्। गत साता ओकस सम्झौतामा तीन मुलुकबीच हस्ताक्षर भएको थियो। 

उक्त सम्झौता दक्षिण चीन सागरमा बढ्दो चिनियाँ प्रभावलाई विस्तार गर्नका लागि सुरु गरिएको बताएका छन्। 

उत्तर कोरियाको विदेश मन्त्रालयले भनेको छ, 'यो सम्झौता निकै खतरानाक र नचाहिँदो काम हो। यसले एसिया-प्यासिफिक क्षेत्रको रणनीतिक सन्तुलनलाई खलबल्याउने छ।' 

kumari

गत साता उत्तर कोरियाले दुई वटा लामो दूरीका क्रुज र ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो। 

ओकस सम्झौताको चीन र फ्रान्सलेसमेत विरोध गरिरहेका छन्। 


प्रकाशित: Sep 21, 2021| 04:30 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।