बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • रुसको विश्‍वविद्यालयमा बन्दुकधारीले गोली चलाउँदा ८ जनाको मृत्यु

रुसको विश्‍वविद्यालयमा बन्दुकधारीले गोली चलाउँदा ८ जनाको मृत्यु

रुसको पर्मस्थित पर्म विश्‍वविद्यालयमा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा कम्तिमा पनि आठ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
 |  मंगलबार, असोज ५, २०७८

बीबीसी

बीबीसी

मंगलबार, असोज ५, २०७८

मस्को- रुसको पर्मस्थित पर्म विश्‍वविद्यालयमा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा कम्तिमा पनि आठ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। 

National life

एक बन्दुकधारी सोमबार क्याम्पस परिसरभित्र प्रवेश गरेको र अन्धाधुन्द गोली चलाएको जनाइएको छ। गोली चल्‍न चालेपछि शिक्षक र विद्यार्थीहरु विश्‍वविद्यालय भित्रै बसेका थिए भने केहीले झ्यालबाट हाम फालेका थिए। 

झ्यालबाट हाम फालेकाहरुले बन्दुकधारीलाई नियन्त्रणमा लिने क्रममा घाइते बनाएको र नियन्त्रणका लिएको बताइएको छ। गोली चलेपछि करिब २० जना अन्य विद्यार्थीहरु घाइते भएको प्रहरीले जनाएको छ। 

बन्दुकधारी एक्लै भएको र उनको कुनै राजनीतिक अथवा धार्मिक संलग्‍नता नभएको बताएका छन्। उनी घृणाले ग्रस्त भएपछि अरुमाथि आक्रमणका लागि तम्सिएको बताइएको छ। 

बन्दुकधारी पनि सोही विश्‍वविद्यालयका एक विद्यार्थी भएको अनुसन्धान समितिको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

kumari

प्रकाशित: Sep 21, 2021| 00:05 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।