सोमबार, असार २९, २०८३

दोस्रो खेलमा जमैका तल्लावाज पराजित

क्यारेबियन प्रिमियर लिग(सीपीएल) अन्तर्गत आज(शुक्रबार) बिहान सम्पन्न खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम जमैका तल्लाहवाजले पहिलो हार बेहोरेको छ।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

ट्रिनिडाड एण्ड टोबागो– क्यारेबियन प्रिमियर लिग(सीपीएल) अन्तर्गत आज(शुक्रबार) बिहान सम्पन्न खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम जमैका तल्लाहवाजले पहिलो हार बेहोरेको छ। ऊ ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको तल्लावाजले पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १३५ रन बनाएको थियो। १३६ रनको लक्ष्य पछ्याएको ट्रिनबागो नाइट राइडर्सले १८.१ ओभर खेल्दै मात्र तीन विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

ट्रिनबागोको जितका लागि सुनिल नारिनले ७ चौका र २ छक्का सहित ५३ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै, ५ चौका र २ छक्काको सहयोगमा कोलिन मुनरोे अर्थसतक बनाउन मात्र एक रनले चुके। खेलमा उनी अविजित रहे। यसबाहेक अन्य खेलाडीले भने उत्साहजनक प्रदर्शन गर्न सकेनन्।

तल्लावाजका फिडेल एडवर्ड, मुजिव उर रहमान र नेपालका सन्दीप लामिछानेले समान १/१ विकेट लिए।

यता पहिलो इनिङमा ब्याटिङ सम्हालेको तल्लावाजका ग्लेन फिलिप्सले ५८ रनको अर्धसतकिय इनिङ खेले साथै आन्द्रे रुसेलले २५ रनको योगदान दिए भने आसिफ अलीले २२ रन बनाए।

ट्रिनबागोका अली खान र जयदेन सिलले समान दुई–दुई विकेट लिए।

तल्लाहवाजले दुई खेलबाट २ अंक बनाइको छ। समान २ खेलमा ४ अंक बनाएको ट्रिनबागो शीर्षस्थानमा छ। दोस्रो चरणका खेल सकिँदा दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका क्रमशः गुएना अमेजन, सेन्ट लुसिया, तल्लावाज र बार्बाडोसको समान दुई अंक छ। अंकविहीन सेन्ट किट्स पुछारबाट पहिलो स्थानमा छ।

– इएसपीएन क्रिकइन्फो

प्रकाशित: Aug 21, 2020| 09:52 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।