शनिबार, कात्तिक २९, २०८२

शिव परियारको स्वरमा ‘लौ न बोलिदेऊ’ गीत सार्वजनिक

कवि तथा संचारकर्मी सुनिता खनालको शब्द रहेको ‘लौ न बोलिदेऊ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं- कवि तथा संचारकर्मी सुनिता खनालको शब्द रहेको ‘लौ न बोलिदेऊ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

National life

वरिष्ठ संगीतकार राजु सिंहको संगीत, रिदम कंडेलको संगीत संयोजन र एचबिएन किस्मतको मिक्सिङ रहेको गीतमा लोकप्रिय गायक शिव परियारले स्वर दिएका छन्। गीत स्टुडियो ‘१डिबी एचडी’ मा तयार गरिएको हो।

संगीतकार राजु सिंहले आफ्नो तीन दशकको सांगीतिक यात्राको क्रममा यो गीत नितान्त अहिलेको पुस्ताका लागि कम्पोज गरिएको बताउँदै नयाँ पुस्तासँग साक्षात्कार गर्ने उद्देश्यले यस गीतमा फरक कम्पोजिसन गरिरहँदा आफूलाई २५ वर्ष पछाडि फर्केको अनुभव भएको सुनाए।

गोङग्बाको निर्देशन रहेको उक्त गीतको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन्। भिडियोमा भारतीय रियालिटी सो डान्स इन्डिया डान्स २०१७ का सेमी फाइनलिस्ट तथा डान्स प्लस २०१८ का फ्रस्ट रनरअप सुजन मार्पा तामाङको साथमा मानसी तामाङको अभिनय रहेको छ।

‘लौ न बोलिदेऊ’ गीत शिव परियार आफैँले निर्माण गरेका हुन्। गायक स्वयमको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत उनको एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा संग्रहित रहने छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 20, 2020| 19:56 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्